
सुडानका नागरिकले चरम खाद्यसंकट भोग्नुपरिरहेको बताइएको छ । यहाँका अधिकारीहरूले दिएको पछिल्लो जानकारीअनुसार यहाँका नागरिकले इतिहासमै सबैभन्दा ठूलो खाद्यसंकट व्यहोर्नुपरेको अवस्थाबारे बताएका छन् । यहाँका केही विज्ञहरले पछिल्लो समयमा सार्वजनिक गरेको तथ्यांकमा सुडानका करिब एक करोड ८० नागरिकले खाद्यसंकटको समस्या भोग्नुपरिरहेको छ ।
सुडानको खाद्य क्षेत्रका अधिकारीहरूका अनुसार यहाँको चार करोड पाँच लाख जनसंख्यामध्ये एक करोड ८० लाख नागरिकले नै खाद्यान्नको समस्या झेल्नुपरिरहेको छ । यहाँ खाद्यान्नको संकट हुनुमा रुस र युक्रेनका बीचको द्वन्द्व पनि रहेको छ । साथै यहाँका नागरिकमा आन्तरिक द्वन्द्व र आर्थिक अवस्था पनि जोडिएको छ ।
त्यसैगरी कृषि उत्पादनमा हुन पुगेको ह्रासले पनि यो अवस्था आएको अधिकारीहरूले जनाएका छन् । युक्रेन र रुसबाट सुडानमा खाद्यान्न आपूर्ति हुने गरेकामा अहिले त्यस्तो अवस्था नरहेकाले पनि संकट आइपरेको अधिकारीहरूको भनाइ रहेको छ । रासस/सिन्ह्वा