Skip This
मुसिकोटको पहिलो निर्णय : अघिल्लो सरकारले बन्द गरेका विद्यालय खोल्ने, दाहसंस्कारका लागि दाउरा निःशुल्क
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ ९ सोमबार
  • Tuesday, 13 May, 2025
तस्बिर : पहिलो निर्णयमा हस्ताक्षर गर्दै नगर प्रमुख महेन्द्र केसी ।
मनीष खड्का रुकुम पश्चिम
२o७९ जेठ ९ सोमबार ११:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मुसिकोटको पहिलो निर्णय : अघिल्लो सरकारले बन्द गरेका विद्यालय खोल्ने, दाहसंस्कारका लागि दाउरा निःशुल्क

Read Time : < 1 मिनेट
मनीष खड्का, रुकुम पश्चिम
नयाँ पत्रिका
२o७९ जेठ ९ सोमबार ११:५o:oo

रुकुम पश्चिमको मुसिकोट नगरपालिकाका मेयर महेन्द्र केसीले पदभार ग्रहण गर्दै तीनवटा निर्णय गरेका छन्। निर्णयको पहिलो बुँदामा बन्द भएका विद्यालय खोल्ने उल्लेख छ। अघिल्लो सरकारले विद्यार्थी संख्याको आधारमा केही विद्यालय मर्ज गरेको थियो। नवनिर्वाचित मेयरले उक्त विद्यालय तत्कालै सुचारु गर्ने निर्णयलाई पहिलो बुँदामा राखेर निर्णय गरेका छन्।

‘विविध कारणबाट बन्द रहन पुगेको अवस्थालाई वर्तमान अवस्थामा दृष्टिगत गर्दा आवश्यकता र औचित्यको आधारमा पर्याप्त आधार र कारणहरूसहित प्रचलित नियमानुसार सुचारु गर्ने निर्णय गरेको छु,’ निर्णयमा भनिएको छ।

जिल्लाका सरकारी स्वास्थ्य संस्थाबाट जिल्लाबाहिर रिफर गरिएका बिरामीका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने निर्णयमा पनि मेयर केसीले हस्ताक्षर गरेका छन्। जिल्लाबाट दाङ, नेपालगन्ज र सुर्खेतमा बिरामी लिनुपरेमा निःशुल्क एम्बुलेन्स सेवा दिने मेयर केसीले बताए। नगरपालिकाले दाहसंस्कारका लागि निःशुल्क दाउराको समेत व्यवस्था गर्ने भएको छ।

वडा नम्बर ३ को मुग्लुखोलामा अवस्थित घाटमा दाहसंस्कारका लागि नगरपालिकाले निःशुल्क रूपमा दाउरा उपलब्ध गराउने निर्णयमा पनि नवनिर्वाचित मेयर केसीले पदभार ग्रहण गरेलगत्तै हस्ताक्षर गरेका छन्। पदभार गरेपश्चात् छोटो प्रतिक्रिया दिँदै मेयर केसीले नगरवासीका समस्यालाई हल गर्ने गरी आगामी दिनमा निर्णय गर्दै जाने बताए।