मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ जेठ ३ मंगलबार
  • Thursday, 10 July, 2025
२o७९ जेठ ३ मंगलबार १५:२३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हुम्लाको चंखेली– २ मा बुधबार पुनः मतदान हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ ३ मंगलबार १५:२३:oo

हुम्लाको चंखेली गाउँपालिका वडा नम्बर २ को महादेव माध्यमिक विद्यालयको मतदान केन्द्रमा बुधबार पुनः मतदान हुने भएको छ। गत शुक्रबार स्थगित भएको निर्वाचन बुधबार हुने हुम्लाका मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले जानकारी दिए।

वैशाख ३० गते आधाभन्दा बढी मतदाताले मत खसाल्न नपाएको भन्दै उजुरी परेपछि आयोगले उक्त मतदान केन्द्रमा पुनः मतदान गराउन लागेको पौडेलले बताए। भोलि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ। 

मतदानका लागि कर्मचारी र मतपत्र पठाइसकेको पौडेलले जानकारी दिए। निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ। उक्त मतदान केन्द्रमा नाै सय तीन मतदाता रहेकोमा तीन सय ९० मत मात्रै खसेको थियो।