१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १o:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १o:१२:oo

पोखरा महानगरपालिकाको मतगणनामा नेकपा एकीकृत समाजवादीले अग्रता कायम राखेको छ ।  १,६०० मतको गणना हुँदा गठबन्धनको तर्फबाट प्रमुख पदका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले ६१३ मत पाएका छन् भने एमालेका तर्फबाट प्रमुख पदका उम्मेदवार कृष्ण थापाले ५८३ मत पाएका छन्  ।

त्यस्तै, उपप्रमुखमा गठबन्धनका तर्फबाट  कांग्रेसकी कोपिला रानाभाटले ७१६ मत प्राप्त गरेका छिन् भने एमालेकी मञ्जुदेवी गुरुङले ५८३ मत प्राप्त गरेकी छिन्। अहिले महानगरमा वडा नं १, २ र १२ को मतगणना भइरहेको छ ।

कास्कीको माछापुच्छ्रे गाउँपालिकाको वडा नं १ मा गठबन्धन विजयी भएको छ भने २, ३ र ४ मा कांग्रेसको प्यानल र वडा नं ५ मा वडाध्यक्ष तथा एकजना सदस्य कांग्रेस र अन्य एमालेका उम्मेदवार विजयी भएका छन् । माछापुच्छ्रेको अध्यक्षमा कांग्रेसका उम्मेदवार मीनबहादुर गुरुङ ३,९३० मतसहित अग्रता हासिल गरेका छन् भने एमालेका विक्रम गुरुङले ३,५०६ मत प्राप्त गरेका छन् ।  

त्यस्तै, उपाध्यक्षमा कांग्रेसकी सीता अधिकारीले ३,५५६ मत प्राप्त गरेकी छिन् भने एमालेका सीता तिवारीले ३,२५५ मत प्राप्त गरिन् । अन्नपूर्ण गाउँपालिकाको वडा नं १० मा कांग्रेसको प्यानल नै विजयी भएको छ भने वडा नं. ११ मा एमालेको प्यानल विजयी भएको छ ।

मादी गाउँपालिकाको वडा नं. १ र २ मा कांग्रेसको प्यानल विजयी भएको छ । रूपा गाउँपालिकामा वडा नं १ मा कांग्रेसको प्यानल विजयी भएको छ भने वडा नं. २ र ३ मा एमालेको प्यानल विजयी भएको छ ।     

ad
ad