मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ बैशाख ३१ शनिबार ०७:५९:००
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

मेसी सर्वाधिक महँगा खेलाडी

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ बैशाख ३१ शनिबार ०७:५९:००

अर्जेन्टिनी तथा पेरिस सेन्ट जर्मेन (पिएसजी) क्लबका स्ट्राइकर लियोनल मेसी सन् २०२२ सत्रकै सर्वाधिक महँगा खेलाडी बनेका छन् । चर्चित पत्रिका ‘फोब्स’ले सार्वजनिक गरेको सूचीमा मेसी शीर्ष स्थानमा छन् । २०२२ को सिजनमा सबैभन्दा बढी कमाउनेमा फुटबल, बास्केटबल, बक्सिङ तथा टेनिस खेलाडीले मात्र शीर्ष १० स्थान बनाएका छन् । विश्वचर्चित पत्रिका ‘फोब्स’ले एक वर्ष खेलाडीका विभिन्न गतिविधि तथा आम्दानीलाई मुख्य स्रोत बनाएर शीर्ष सय खेलाडी सार्वजनिक गरेको छ ।  

यसपटक चर्चित खेलाडी कोनोर म्याकजोर शीर्ष १० खेलाडीभन्दा बाहिर रहेका छन् । गत सिजनमा शीर्ष १० भित्र थिए । युएफसीका स्टार खेलाडी कोनोरको एक प्रतिस्पर्धामा खुट्टा भाँच्चिएको थियो । डस्टिन पोरिएरविरुद्धको प्रतिस्पर्धामा कोनोरका खुट्टामा चोट लागेको थियो । युएफसीमा प्रतिस्पर्धामा उत्रिँदा कोनोरले करोडौँ डलर कमाउने गर्छन् । गत सिजनमा उनले एक सय ८० मिलियन डलर कमाएका थिए । 

सन् २०२२ को सिजनमा उनको आम्दानी एक सय ५० मिलियन डलर रहेको फोब्सले जनाएको छ । खेलाडीले क्लबबाट प्राप्त गर्ने वार्षिक पारिश्रमिक, बोनस, विभिन्न कम्पनीसँगको सम्झौता तथा विज्ञापनबाट प्राप्त रकम नै मुख्य आर्जन स्रोतका रूपमा रहेको छ । कोरोना भाइरसको महामारीबाट बाहिर आउने कोसिसमा रहेको विश्व खेलकुदमा सन् २०२२ को सिजनमा सोचेजस्तो आम्दानी गर्न सकेनन् । सन् २०२१ को सिजनमा खेलाडीहरूले १.०५ बिलियन डलर कमाएका थिए । यसपटक खेलाडीले नौ सय ९२ मिलियन डलर आर्जन गरेका थिए ।

लियोनल मेसी (१३० मिलियन डलर)
गत सिजन नै मेसी बार्सिलोनाबाट पिएसजीमा आबद्ध भए । बार्सिलोनाभन्दा २२ मिलियन डलर आम्दानी घटे पनि मेसी २०२२ सिजनकै सर्वाधिक कमाइ गर्ने खेलाडी बन्न सफल भए । पिएसजीले मेसीलाई वार्षिक ७५ मिलियन डलर दिन्छ । विज्ञापन तथा प्रायोजन रकमबाट उनले ५५ लाख मिलियन डलर कमाए । मेसी विश्वचर्चित ब्रान्ड एडिडास, बुडवेसेर, पेप्सीको तथा हार्ड रकजस्ता कम्पनीमा आबद्ध छन् । 

लेब्रोन जेम्स  (१२१.२ मिलियन डलर)
अमेरिकन एनबिए स्टार लेब्रोनले लगातार आफ्नो वार्षिक आम्दानी बढाइरहेका छन् । उनी पछिल्लो केही वर्षयता धेरै कमाउने खेलाडीको शीर्ष पाँचभित्र रहँदै आइरहेका छन् । प्रतिस्पर्धाबाट उनले ८० मिलियन डलर कमाए । लस एन्जेल्सका खेलाडी लेब्रोनले विज्ञापनबाट कमाइरहेका छन् । आफ्नै लगानीमा स्पिन हिलमा उनले राम्रो रिसोर्ट खोलेका छन् । यसबाट पनि उनको आम्दानी बढेको जनाइएको छ । 

क्रिस्टियानो रोनाल्डो  (११५ मिलियन डलर)
पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो गत सिजनमा इंग्लिस प्रिमियर लिगमा फर्किए । १२ वर्षपछि म्यानचेस्टर युनाइटेडमा आबद्ध भएका रोनाल्डो विश्वकै तेस्रो बढी कमाउने खेलाडीमा पर्छन् । अहिले प्रिमियर लिगकै उनी धेरै कमाउने खेलाडीमा रहेका छन् । म्यानचेस्टरबाट उनले यस वर्ष ६९ मिलियन डलर पाएका छन् । विज्ञापन तथा अन्य गतिविधिबाट उनले गत वर्ष ५५ मिलियन डलर कमाएको फोब्सले जनाएको छ । 

नेमार जुनियर (९५ मिलियन पाउन्ड)
पिएसजीका अर्का स्टार खेलाडी ब्राजिलियन नेमार जुनियर चौथो सर्वाधिक कमाउने खेलाडी हुन् । पिएसजीबाट उनले वार्षिक ७० मिलियन डलर प्राप्त गरेका छन् । विज्ञापन तथा इन्डोसमेन्टबाट उनको आम्दानी २५ मिलियन डलर रहेको छ । नेमार विश्वप्रसिद्ध ब्रान्ड पुमा र रेड बुलमा आबद्ध छन् ।

स्टेफ करी (९२.८ मिलियन डलर) 
अमेरिकन एनबिए लिग द गोल्डेन स्टेट वारिसका खेलाडी करी २०२२ कै पाँचौँ कमाउने खेलाडीमा रहे । गत अगस्टमा उनको कुल आम्दानी दुई सय १५ मिलियन डलर रहेको थियो । २०२२ मा गोल्डेन स्टेटबाट करीले ४५.८ मिलियन डलर प्राप्त गरे । उनी अमेरिकाकै एफटिएसमा आबद्ध छन् । 

केभिन डुरान्ट (९२.१ मिलियन डलर)
सन् २०२२ मा धेरै कमाउने खेलाडीको सूचीमा एनबिएकै बाहुल्यता रहेको छ । छैटौँ स्थानमा डुरान्ट छन् । अमेरिकन ब्रुकलिन नेट्सबाट प्रतिस्पर्धा गर्ने केभिन सम्झौताबाट गत वर्ष ४२.१ मिलियन डलर पाएका थिए । सन् २०१९ मा उनी नेट्समा आबद्ध भएका थिए । विश्वचर्चित नाइकसँग आबद्ध केभिनले विज्ञापन अन्य गतिविधिबाट २८ लाख मिलियन डलर कमाएका छन् । 

रोजर फेडरर (९०.७ मिलियन डलर) 
सन् २०२१ को सिजनमा चोटका कारण स्विट्जरल्यान्डका स्टार टेनिस खेलाडी रोजर फेडरर कोर्टबाहिर नै रहे । त्यस सिजनमा उनले प्रतियोगिता जितेबापत केवल सात लाख पाउन्ड मात्र कमाए । लगभग दुई दशकको टेनिस करिअरमा उनले प्रतियोगिताबाट कम रकम प्राप्त गरेको नै गत वर्ष थियो । यद्यपि, टेनिस खेलमा सक्रिय नरहे पनि उनी विश्वकै सातौँ बढी कमाउने खेलाडीमा पर्छन् । उनले विज्ञापन र अन्य गतिविधिबाट ९० लाख मिलियन डलर कमाए । फेडरर रोलेक्स, युएन तथा युनिक्लोमा आबद्ध छन् । 

क्यानेलो अल्भारेज (९० मिलियन डलर) 
मेक्सिकोका स्टार खेलाडी अल्भारेजको पनि बिस्तारै धन आर्जन घट्दै गइरहेको छ । गत नोभेम्बर महिनामा उनले ४० लाख मिलियन डलर कमाएका थिए । युवा बक्सरमध्ये राम्रा खेलाडीमा पर्ने अल्भारेजले २०२२ को सिजनमा त्यति धेरै प्रतिस्पर्धा गरेनन् । यसै कारण उनको आम्दानी घटेको फोब्सले जनाएको छ । 

टम ब्राडी  (८३.९ मिलियन डलर) 
अमेरिकन एनबिए लिगका खेलाडी पछि अमेरिकन फुटबलका एक खेलाडी शीर्ष १० भित्र परेका छन् । टम विश्वकै नवौँ सर्वाधिक कमाइ गर्ने खेलाडी परेका छन् । ६ महिनाअघि मात्र टम सक्रिय खेलमा फर्र्किएका थिए । छोटो अवधिमै उनको आम्दानी निकै राम्रो देखिन्छ । टेम्पाबाट उनले ३० मिलियन डलर प्राप्त गरे । विज्ञापन खेलेबापत उनले ५२ मिलियन डलर थप आर्जन गरे । 

गिआनिस (८०.९ मिलियन डलर) 
बास्केटबलका खेलाडी गिआनिस २०२२ कै दसौँ बढी कमाउने खेलाडी हुन् । उनले बुक्ससँग पाँच वर्ष सम्झौता गरेका छन् । यो सम्झौता दुई सय २८ मिलियन डलरको हो । ह्वाट एम्पस तथा गुगलबाट गिआनिसले राम्रो आम्दानी गरेको फोब्सको भनाइ छ । 

क्रिकेटमा विराट मात्र
भारतका पूर्वकप्तान विराट कोहली २०२२ को सर्वाधिक कमाउने खेलाडीको सयभित्र परेका छन् । क्रिकेटमा सयभित्र पर्ने उनी एक मात्र खेलाडी ह्न् । उनी विश्वकै ६१औँ सर्वाधिक कमाइ गर्ने खेलाडीमा परेका छन् । विराटले ३३.९ मिलियन डलर कमाएका छन् । भारतीय क्रिकेट बोर्डबाट वार्षिक पारिश्रमिकका रूपमा उनले २२ करोड भारु लिने गर्छन् । विज्ञापनबाट मात्र उनले दुई अर्ब ४० करोड भारु कमाएका छन् ।