काठमाडौं। आगामी यू–१९ एसिया कपको तयारीका लागि नेपाल क्रिकेट संघ (क्यान)ले २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ।
क्यानले बिहीबार सार्वजनिक गरेको टोलीले प्रतियोगितालाई लक्षित गर्दै आइतबारदेखि पोखरामा बन्द प्रशिक्षण सुरु गर्नेछ। प्रशिक्षणका क्रममा खेलाडीहरूको प्रदर्शन, क्षमता र फिटनेसका आधारमा अन्तिम टोली छनोट गरिने क्यानले जनाएको छ।
प्रारम्भिक टोलीमा नितेश पटेल, चन्दन राम, वंश क्षेत्री, निरज यादव, निश्चल क्षेत्री, आशिष लुहार, सुशील रावल, शुभम खनाल, अभय यादव, सचिन भट्ट, सूर्यांशु कोइराला, परिमार्जन यादव, प्रसिद्ध जैसी र शिवांश बजगाईं रहेका छन्।
त्यस्तै, दर्शन सोनार, विपिन शर्मा, सुगम बुढाथोकी, आशिक बैठा, जोय थापा, सोहेल कुँवर, रौनक श्रीवास्तव, रोहित चन्द, सौजन घिमिरे, क्रितिक कामत, भूपाल डंगोल, राहुल हक, दीपक सेमेला र रोशन शाहीले पनि प्रारम्भिक टोलीमा स्थान बनाएका छन्।
बन्द प्रशिक्षणमा खेलाडीहरूको प्रदर्शन मूल्यांकन गरेपछि एसिया कपका लागि अन्तिम टोली घोषणा गरिनेछ। प्रतियोगितालाई लक्षित गर्दै नेपाली युवा टोलीले तयारीलाई तीव्र बनाउने अपेक्षा गरिएको छ।