मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ बैशाख २३ शुक्रबार
  • Thursday, 10 July, 2025
गगन अयडी बाजुरा
२o७९ बैशाख २३ शुक्रबार १८:४६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

समाजवादी र कांग्रेस कार्यकर्ताबीच झडप, प्रहरीद्वारा एक राउन्ड गोली फायर

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
नयाँ पत्रिका
२o७९ बैशाख २३ शुक्रबार १८:४६:oo

बाजुराको बुढीनन्दा नगरपालिका वडा न ९ मा नेपाली कांग्रेस  र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच दोहोरो झडप भएको छ। समाजवादीका कार्यकर्ताहरू प्रहरीको संरक्षणमा रहेका छन्।  प्रहरीले संरक्षण गरेको भन्दै कांग्रेस कार्यकर्ताले प्रहरी चौकी घेराउ गरेको जनाइएको  छ ।

प्रहरी चौकी नजिक तनावग्रस्त हुँदा प्रहरीले एक राउन्ड हवाई फायरसमेत गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। एकीकृत समाजवादीका कार्यकर्ताले कुकुरलाई हिर्काएको आरोपमा नेपाली कांग्रेसका कार्यकर्ताहरूले ढुगांमुढा प्रहार गरेपछि दोहोराे झडप भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी प्रहरी निरीक्षक बिन्द्र बोगटीले बताए ।

एकीकृत समाजवादीका कार्यकर्ताहरू प्रहरी चौकीमा पुगेपछि कांग्रेसका कार्यकर्ताहरूले प्रहरी चौकीसमेत तोडफोड गर्न लाग्दा प्रहरीले हवाई फायरसमेत गरेको सूचना अधिकारी बोगटीले जानकारी दिए । सो झडपमा एकजना प्रहरीसमेत घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकीमै पुगेर कांग्रेस कार्यकर्ताहरूले नाराबाजी गर्नुका साथै तोडफोड गर्न लाग्दा प्रहरीले हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।