मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ बैशाख २२ बिहीबार २१:४२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

निजी क्षेत्रअनुकूलको वातावरण बनाउँछौँ : विष्णु पौडेल

Read Time : < 1 मिनेट
२०७९ बैशाख २२ बिहीबार २१:४२:००

पूर्वअर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेलले आर्थिक, भौतिक र मानवीय दृष्टिले बुटवल मुलुककै केन्द्र बन्ने बताएका छन् । एमाले उद्योगी व्यवसायी निर्वाचन परिचालन कमिटीद्वारा बिहीबार बुटवलमा आयोजित उद्योगी व्यवसायीको भेलालाई सम्बोधन गर्दै उनले सञ्चालनमा रहेका योजना मात्रै पूरा हुँदा बुटवलले नयाँ उचाइ हासिल गर्ने बताए ।   

‘भौतिक र मानवीय विकासमा रुपन्देही निकै अगाडि छ । अरू ठाउँले यहाँबाट सिक्नुपर्छ,’ उनले भने, ‘वर्तमान सरकार र केही विरोधीहरूले बुटवलमा भइरहेका विकासका आयोजनाहरू रोक्ने, पूरा हुन नदिने र विष्णु पौडेललाई असहयोग गर्ने षड्यन्त्र गरिरहेका छन्, हामी त्यस्ता षड्यन्त्रकारीहरूलाई परास्त गछौँ ।’  

एमाले सरकारमा नरहँदा तत्कालीन सरकारले सुरु गरेका दर्जनौँ पूर्वाधारहरूको निर्माण रोकिने र अलपत्र पर्ने खतरा बढेको उनले बताए । त्यसका लागि बुटवलवासीले दबाद सिर्जना गर्नुपर्ने उनको भनाइ छ ।