Skip This
बलात्कार आरोपीलाई आठ वर्ष कैद
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ बैशाख ८ बिहीबार
  • Wednesday, 17 September, 2025
२o७९ बैशाख ८ बिहीबार १६:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बलात्कार आरोपीलाई आठ वर्ष कैद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख ८ बिहीबार १६:११:oo

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरीको रुपनी गाउँपालिकाका एक आरोपीलाई आठ वर्ष कैद सजाय सुनाइएको छ। जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले वडा नं– ६ स्थित तेरहौताका २० वर्षीय सुरेशकुमार सरदारलाई सो सजाय आदेश दिएको हो।

आरोपीबाट पीडितलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउन पनि आदेशमा भनिएको अदालतका सूचना अधिकारी भरतमणि पोखरेलले बताए। तत्कालीन जिल्ला न्यायाधीश कुलप्रसाद शर्माको इजलासले आरोपी सुरेशलाई ०७३ फागुन ८ गते पुर्पक्षका लागि २५ हजार धरौटी लिई तारेखमा रिहा गरेको थियो। अर्का आरोपी सोही ठाउँका २० वर्षीय आकाश भनिने रमेशकुमार सरदार फरार रहेकाले उनको हकमा मुद्दा मुल्तबी रहेको छ।

आरोपीहरूले ०७३ माघ ५ गते राति १२ वर्षीया दुई बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले ०७३ माघ १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेका थिए। जिल्ला प्रहरी कार्यालयले सो उजुरी दर्ता गरी आरोपीमध्ये सुरेशलाई सोही दिन पक्राउ गरेकाेमा उक्त अदालतले सुरेशलाई  ०७३ फागुन ८ गते धरौटी राखी तारेखमा उपस्थित हुन भनेको थियो।  रासस