मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ बैशाख ६ मंगलबार १०:२३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रोल्पाको अफिम खेती प्रहरीद्वारा नष्ट

Read Time : < 1 मिनेट
२०७९ बैशाख ६ मंगलबार १०:२३:००

अवैध मानिएको अफिम खेती रोल्पामा ठूलो मात्रामा फेला परेको छ । जिल्लाको थबाङ गाउँपालिका– ४, को मालागिरी, जुत्तर, नयाँगाउँ, गुराँसेलगायतका क्षेत्रबाट करिब २१० रोपनीमा लगाइएको अवैध अफिम खेती सोमबार प्रहरीले नष्ट गरेको छ । 

लागुऔषध अफिम खेती गरेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सुलीचौरबाट प्रहरी निरीक्षक लक्ष्मण वलीको नेतृत्वमा इप्रका पोबाङ, उवा र थबाङबाट खटिएको प्रहरी टोलीले उक्त अफिम खेती नष्ट गरेको प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

यसै साता परिवर्तन गाउँपालिका– ४, पाछाबाङको सिजाखोलामा लगाएको करिब नाै कट्ठा क्षेत्रफलको अफिम खेती प्रहरी नायब निरीक्षक धनबहादुर राना नेतृत्वको टोलीले नष्ट गरेको थियो । रोल्पा प्रहरी प्रमुखका रूपमा डिएसपी विनोद घिमिरे आएसँगै अवैध मानिएको अफिम खेती नष्ट तथा आपराधिक क्रियाकलाप नियन्त्रणमा समेत सफलता हुँदै आएको छ ।