निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ भदौ २ बिहीबार
  • Thursday, 18 August, 2022
२०७९ बैशाख ५ सोमबार १२:०९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हावाहुरीले विद्यालयको छाना उडाएपछि पठनपाठन प्रभावित

Read Time : < 1 मिनेट
२०७९ बैशाख ५ सोमबार १२:०९:००

जुम्लाको पूर्वी भेगमा पर्ने गुठीचौर गाउँपालिकामा हावाहुरीले विद्यालयको छाना उडाएपछि पठनपाठन प्रभावित भएको छ। गुठीचौर– ३ गज्याङकोट गाउँस्थित शंकर बहुउद्देश्यीय माध्यमिक विद्यालयको छाना हावाहुरीले उडाएको हो।

दुईकोठे विद्यालय भवनको छाना हावाहुरीले उडाएपछि दुई लाख ५० हजार रुपैयाँबराबरको क्षति भएको विद्यालयका प्रधानाध्यापक एकराज बुढाले जानकारी दिए। टिनको छाना उडाउँदा भित्र रहेका डेस्क–बेन्चलगायत अन्य शैक्षिक सामग्री पनि पानीले भिजेर नष्ट भएको उनले बताए। ०२४ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल दुई सय ५० विद्यार्थी अध्ययनरत छन्।