१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार o९:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बझाङमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, आठ घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o९:२६:oo

बझाङमा नेपाली कांग्रेस जिल्ला सभापति र उनका परिवार सवार जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन्। शनिबार बझाङबाट धनगढीतर्फ जाँदै गरेको कांग्रेस जिल्ला सभापति खडकबहादुर बोहरा सवार जिप देउलेकमा दुर्घटना भएको हो।

राति करिब साढे १२ बजे जिल्लाको वित्थडचिर गाउँपालिका– ४ देउलेख बजारनजिकै सुपप्र ०१–००१ च ००९५ नम्बरको जिप दुर्घटना हुँदा बोहराका छोरा २७ वर्षीय विनोद बोहराको मृत्यु भएको प्रहरीले जनाएकाे छ। जिपमा सवार अन्य आठजना घाइते भएका छन्।

दुर्घटनामा सुर्मा– २ का गोकुल बोहरा (जिपचालक), सिन्कीदेवी बोहरा, रतना बोहरा, पारस बोहरा, खडक बोहरा,अन्जु बोहरा, कलक बोहरा र जनपा– ११ की भुजीदेवी देउरुकी घाइते भएका जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानबहादुर विष्टले बताए। दुर्घनामा घाइते भएका सातजनाको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको र अञ्जु बोहरालाई स्वास्थ्य केन्द्रले धनगढी रिफर गरेको उनको भनाइ छ।

ad
ad