मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ चैत २७ आइतबार
  • Saturday, 12 July, 2025
२o७८ चैत २७ आइतबार १५:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

म्यादी प्रहरीलाई सोमबारदेखि तालिम दिइने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ चैत २७ आइतबार १५:१२:oo

महोत्तरीमा म्यादी प्रहरीको छनाेट प्रक्रिया सकिएको छ। आवेदन दिएका आठ हजार ५५ जनामध्ये विभिन्न चरण पार गरेका चार सय ९८ महिलासहित दुई हजार चार सय ७४ म्यादी छनाेट गरिएको हो। महोत्तरीमा आठ सय महिलाले म्यादीमा आवेदन दिएका थिए।

महिला र पुरुष गरी वैकल्पिकमा भने थप चार सय ९४ जनालाई राखिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी प्रकाश विष्टले जानकारी दिए। चैत २८ देखि जलेश्वर, गौशाला र बर्दिबासमा १० दिने तालिमको व्यवस्था गरिएको उनले बताए।

महोत्तरीको १५ पालिकामा दुई सय ५८ मतदानस्थल र चार ९७ मतदान केन्द्र तोकिएको छ। प्रत्येक केन्द्रमा एक महिला म्यादी प्रहरी रहने र पालिकाको आवश्यकताअनुसार म्यादीको संख्या थपघट हुन सक्ने प्रवक्ता विष्टले बताए। महोत्तरीमा छनाेट भएका म्यादी प्रहरीले हालसम्मको निर्देशनअनुसार जिल्लाकै मतदान केन्द्रहरूको ड्युटी गर्ने भए पनि केन्द्रको विशेष निर्देशन आए सोहीबमोजिम अन्य जिल्लामा पनि म्यादी खटाउन सकिने उनले थपे।

मतदाताको सुरक्षा व्यवस्था, बन्दोबस्ती, लाइन र निर्वाचनलाई मर्यादित बनाउन म्यादी प्रहरी खटिनेछन्। जिल्लामा दुई लाख १२ हजार दुई सय तीन पुरुष, एक लाख ७९ हजार तीन ७३ महिला र एक यौनिक अल्पसंख्यक गरी कुल तीन लाख ९१ हजार पाँत सय ७७ मतदाता रहेका छन्। छनाेट भएका म्यादीलाई उनीहरूको स्थायी वासस्थान भएको पालिकाभन्दा छिमेकी वा पायक पर्ने पालिकामा खटाउन सकिने बताइएको छ। सोही पालिकामा खटाउँदा चिनजानका मानिस पर्ने र डयुटी गर्न असहज हुन सक्ने भएकाले फरक पालिकामा खटाउने तयारी रहेको विष्टले प्रस्ट पारे।