१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार o९:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

भेनिस बिएनालेमा  नेपाली कला प्रदर्शन हुँदै  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o९:१७:oo

इटालीको भेनिस बिएनाले आर्ट फेस्टिभलमा नेपाली कलाकारहरूको सिर्जनासमेत प्रदर्शनी हुने भएको छ । २२ अप्रिल २०२२ देखि इटालीको भेनिस सहरमा आयोजना हुन लागेको बिएनाले आर्ट फेस्टिभलमा नेपालले पहिलोपटक सहभागिता जनाउन लागेको हो ।

इटालीमा सन् १८९५ देखि हरेक दुई वर्षमा बिएनाले फेस्टिभल हुँदै आएको छ । यसपटकको ५९औँ बिएनालेमा नेपाली कलाकारहरूले पनि आफ्ना सिर्जना सहभागी गराउन लागेको नेपाल ललितकला प्रज्ञा–प्रष्तिठानका कुलपति केके कर्माचार्यले बताए । उनका अनुसार भेनिस बिएनालेले विश्वभरिका कला प्रवद्र्धन गर्दै मौलिक कलालाई उजागर गर्दै आइरहेको छ । 

कला जगत्को ख्याति  र प्रसिद्धि कामाएको भेनिस बिएनालेमा सहभागी हुन पाउनु नेपाल  र नेपाली कला जगत्का लागि गौरवको विषय भएको कर्माचार्यले बताए । २७ नोभेम्बरसम्म सञ्चालन हुने फेस्टिभलमा नेपाली कला प्रदर्शनीका लागि प्रदर्शनकक्षको व्यवस्थापन रुविन म्युजियम अफ आर्ट अमेरिका न्युयोर्कले गरेको हो । महोत्सवमा कला प्रदर्शनीका लागि हुने सम्पूर्ण प्रचार खर्च व्यवस्थापनसमेत गरेको छ । 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र सिद्धार्थ आर्ट फाउन्डेसनको संयुक्त  प्रयासमा सहभागि हुने लागेको हो । सिद्धार्थ आर्ट फाउन्डेसनकी अध्यक्ष संगीता थापाका अनुसार फेस्टिभलमा हितमान गुरुङ र सिलाशा राजभण्डारीद्वारा क्युरेटिङ गरिनेछ भने, कलाकार आङ छिरिङ शेर्पा र नेपाली कलाकारहरूसँगको सहकार्यमा बनाइएका कलाकृति प्रदर्शनी गरिनेछ ।

उनले नेपाली कला  तथा संस्कृतिको प्रदर्शनीमार्फत नेपाली कलालाई विश्वसामु चिनाउने अवसरका रूपमा लिएको बताइन् । ‘यसअघि बिएनालेमा सहाभागी हुने बाटो पत्ता लगाउने सकेका थिएनौँ । यसपटक सबैको प्रयासमा फेस्टिभलमा सहभागी हुने अवसर मिलेको छ । यो नेपाली कलाजगत्का लागि निकै महत्व राख्नेछ,’ उनले भनिन् । फेस्टिभलमा प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्य र उपकुलपति गोपाल चित्रकार तथा सिद्धार्थ आर्ट फाउन्डेसनका निर्देशक संगीता थापाले समेत सहभागिता जनाउने बताइएको छ । 

ad
ad