१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार ११:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

ताप्लेजुङमा कुखुराको मासुको मूल्य सय रुपैयाँले वृद्धि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:४८:oo

ताप्लेजुङमा ब्रोइलर कुखुराको मासुको मूल्य वृद्धि भएको छ। सदरमुकाम फुङलिङ बजारमा केही सातायता मासुको मूल्य प्रतिकिलोग्राम सय रुपैयाँले वृद्धि भएको हो।

फुङलिङ बजारमा ब्रोइलरको मासु प्रतिकिलोग्राम अहिले चार सय ८० रुपैयाँ पुर्‍याइएको छ। सहज रूपमा ब्रोइलर कुखुरा उपलब्ध हुन छाडेकाले मासुको मूल्य वृद्धि हुँदै गएको स्थानीय व्यवसायी बताउँछन्। जिल्लाभित्र ब्रोइलर कुखुरा पाउन छोडेपछि अहिले इलाम र झापादेखि आयात गरेर मासु बिक्री गर्दै आएको उनीहरूको भनाइ छ।

फुङलिङ बजारका मासु व्यवसायी चन्द्र पौडेलले इलामबाट ब्रोइलर कुखुरा ल्याएर मासु बिक्री गर्दै आएको जानकारी दिए। हाल वृद्धि भएको मूल्यमा पनि उपभोक्ताको मागअनुसार ब्रोइलरको मासु उपलब्ध गराउन नसकेको उनले बताए। फुङलिङ बजारकै व्यवसायी नरेन्द्र बस्नेतले पनि ब्रोइलर कुखुरा पाउन छोडेकाले मासुको मूल्य महँगो भएको र झापादेखि कुखुरा आयात गर्नुपरेको बताए। इलाम र झापामा पनि मागअनुसार कुखुरा पाउनै मुस्किल पर्ने गरेको उनको भनाइ छ।

व्यवसायी नेत्र न्यौपानेले जिल्लामा ब्रोइलर कुखुरा नपाएपछि मासु बिक्री गर्न छाडेको र अहिले स्थानीय जातका कुखुराको मासु मात्र बिक्री गर्दै आएको बताए। लोकल कुखुराको मासु प्रतिकिलोग्राम सात सय रुपैयाँले बिक्री गर्ने गरिएको छ।

अर्का व्यवसायी कुमार शेर्पाले पनि कुखुरा पाउन छोडेपछि मासु बिक्री गर्न छोडेको बताए। यसरी फुङलिङ बजारका अधिकांश फ्रेसहाउस तथा बोइलर मासु बिक्री केन्द्र हिजोआज बन्द भएका छन्। सीमित फ्रेसहाउस सञ्चालनमा रहे पनि उनीहरूले मासु महँगोमा बिक्री गर्दै आएका छन्। सहज रूपमा बोइलर कुखुरा नपाएकै कारण मासुको मूल्य वृद्धि भएको उनीहरूको भनाइ छ। मूल्य महँगो भए पनि व्यवसायीले उपभोक्ताको मागअनुसार ब्राेइलरको मासु उपलब्ध गराउन सकिरहेका छैनन्। रासस

ad
ad