१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
नयाँ पत्रिका नवलपरासी
२o८१ जेठ ८ मंगलबार o८:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

सहकारी ठगीमा राप्रपा सांसद  बस्नेतसहित १४ विरुद्ध पक्राउ पुर्जी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, नवलपरासी
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार o८:o६:oo

नवलपुरको कावासोतीमा रहेको छिपछिपे सहकारी बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा राप्रपा सांसद गीता बस्नेतसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सांसद बस्नेत, सहकारीका अध्यक्ष गोपी शर्मासहित १४ जनाविरुद्ध संगठित अपराधअन्तर्गत पक्राउ गरी अनुसन्धान गर्न प्रहरीले अदालतबाट पुर्जी लिएको हो । बस्नेत राप्रपाकी समानुपातिक सांसद हुन् । 

बस्नेतसहित उनको समूहले रकम अपचलन गरेको जाहेरी परेपछि प्रहरीले अनुसन्धान गरिरहेको छ । सोही आधारमा बस्नेतको संलग्नता खुलेपछि प्रहरीले पक्राउ गर्न अदालतसँग अनुमति माग गरेअनुसार पक्राउ पुर्जी जारी भएको बार एसोसिएसन नवलपुरका अध्यक्ष चेतप्रसाद डुम्रेले बताए ।

छिपछिपे सहकारीमा १० करोड अनियमितता आरोपमा प्रहरीले यसअघि प्रबन्ध निर्देशक रहेका योगेन्द्र पाण्डेसहित सातजनालाई पक्राउ गरेको थियो । बस्नेतले छिपछिपे सहकारीबाट करिब एक करोड, चितवनको सनराइज सहकारीबाट साढे दुई करोड र बर्दियाको एक सहकारीसहित गरी साढे पाँच करोडभन्दा बढी ठगी गरेको पाइएको स्रोतले जनाएको छ । 

ad
ad