१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ४ शुक्रबार o९:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

वायु प्रदूषणले जोखिममा बालबालिका

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o९:५१:oo

केही समययता काठमाडौंलगायत विभिन्न सहरमा वायु प्रदूषण बढेपछि बालबालिकामा स्वास्थ्य समस्याको जोखिम बढेको छ । वायु प्रदूषणका कारण सबै उमेर समूहका मानिस प्रभावित भए पनि बालबालिका उच्च जोखिममा परेको भन्दै सुरक्षित रहन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । 

वायु प्रदूषणले मुटु तथा रक्तनली, फोक्सो, मस्तिष्क, आँखा, नाक, कान र घाँटीमा असर पुर्‍याउनुका साथै दम, क्यान्सर आदिको जोखिम पनि बढाएको र खासगरी बालबालिका बढी प्रभावित भइरहेकाले मन्त्रालयले सुरक्षित रहन आग्रह गरेको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार वायु प्रदूषणले गर्दा कम तौल भएको बच्चा जन्मने र अवधि नपुग्दै बच्चा जन्मने जोखिम देखिएको, नेपालमा वायु प्रदूषणबाट बर्सेनि हुने मृत्युमा बढीजसो पाँच वर्षमुनिका बालबालिका, गर्भवती, दीर्घरोगी र वृद्धवृद्धमा जोखिम उच्च रहेको पाइएको छ ।

काठमाडौंलगायत सहर बर्सेनि उच्च प्रदूषित सहरको सूचीमा परिरहेका कारण नेपालीको औसत आयुसमेत घट्दै गएको पाइएको छ । रोगको भार तथा मृत्युको प्रमुख कारणमा वायु प्रदूषण प्रमुख रहेको विविध तथ्य र अनुसन्धानले देखाएकाले सचेत रहन मन्त्रालयले आग्रह गरेको हो । वायु प्रदूषणबाट जोगिन बाहिर यात्रा गर्दा अनिवार्य मास्क लगाउने, सकेसम्म अनावश्यक घरबाहिर ननिस्कने, यात्रा नगर्ने, अत्यधिक प्रदूषित क्षेत्रबाट टाढा रहन मन्त्रालयले आग्रह गरेको छ । 

ad
ad