१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार o८:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

दमक गोल्डकपको सेमिफाइनलमा मनाङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o८:५६:oo

बागमती युवा क्लब सर्लाहीमाथि ४–२ को जित निकाल्दै मनाङ मस्र्याङ्दी क्लब झापाको दमकमा जारी दमक गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार सम्पन्न क्वार्टरफाइनलमा मनाङलाई जित दिलाउने क्रममा अफिज ओलावलेले दुई र रूपेश केसीले एक गोल गरेका थिए । मनाङले एक गोल आत्मघाती रूपमा पायो । बागमतीका लागि विमल घिसिङ र जोमाउलले गोल फर्काए । 

मनाङलाई १४औँ मिनेटमा ओलावलेले १–० को अग्रता दिलाए । दीपक राईको फ्रिकिकमा डिबक्सभित्र ओलावलेले हेडिङ गोल गरेका हुन् । मनाङको अग्रतालाई बागमतीले लामो समय कायम राख्न दिएन । खेलको २७औँ मिनेटमा बागमतीले मनाङको कमजोर डिफेन्सको फाइदा उठाउँदै खेल १–१ को बराबरीमा पु¥यायो । विमलले लङ रेन्जबाट उत्कृष्ट गोल गरेका थिए । 

खेलको ५३औँ मिनेटमा बागमतीका जोमाउलले पहिलोपटक टोलीलाई २–१ को अग्रता दिलाए । विश्वास श्रेष्ठको क्रसमा डिबक्समा रहेका जोमाउलले गोल गरेका थिए । खेलको ६७औँ मिनेटमा बागमतीका सिलोमार्टिनले आत्मघाती गोल गर्दा मनाङ २–२ को बराबरीमा पुग्यो । मनाङका मोसाको प्रहारलाई सिलोमार्टिनले क्लियर गर्न खोज्दा आफ्नै पोस्टमा गोल गर्न पुगे । 

खेलको ७०औँ मिनेटमा मनाङका कप्तान विमल रानाको क्रसमा ओलावलेले खेललाई ३–२ अन्तरमा पु¥याए । ८१औँ मिनेटमा मनाङका रूपेशले गोल गर्दा मनाङ ४–२ को बलियो स्थितिमा पुग्यो । बागमतीका गोलरक्षक मनोज प्रधानबाट रिबाउन्ड भएको बलमै डिबक्सभित्र रहेका रूपेशले गोल गरेका हुन् । 

ad
ad