१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
२o८१ जेठ ५ शनिबार o६:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

म्याद थपिन्छ, प्रगति थपिँदैन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o६:o९:oo

कन्काई माई नदीमा अलमलिएको पुल : झापाको शिवसताक्षी नगरपालिका– ७ को वडा कार्यालयसँग लालपानी गाउँलाई जोड्ने कन्काई माई नदीमा ६४४.२० मिटरको सस्पेन्सन ब्रिज बनाउन ठेक्का लागेको चार वर्ष पूरा हुन लाग्यो ।

०७९ असार मसान्तसम्म सक्ने गरी ३१ असार ०७७ मा ठेक्का लिएको पशुपति–हरिहरि जेभीले प्रगतिका नाममा दुईतिर पिलर ठड्याउनेबाहेक थप केही गरेको छैन । सात करोड ८१ लाख लागतको पुलको म्याद थपेको समय (आगामी असार मसान्त) सकिन पनि अढाई महिना मात्रै छ ।

म्याद थपेको अवधिमा समेत कुनै काम भएन । वडाध्यक्ष भवानीविक्रम चेम्जोङका अनुसार लालपानीका करिब तीन सय घरधुरी चन्द्रडाँगीस्थित वडा कार्यालय पुग्न हिउँदमा बाँसको पुलको भर पर्छन्, बर्खामा त उर्लिएको माईले पूर्ण रूपमा सम्बन्ध विच्छेद नै गराउँछ । 

ad
ad