१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार १३:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

भ्रष्टाचारको आरोपमा पाकिस्तानमा विपक्षी दलका नेता पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १३:५८:oo

पाकिस्तानमा भ्रष्टाचारको आरोपमा विपक्षी दलका नेतालाई पक्राउ गरिएको छ। पाकिस्तान संघीय अनुसन्धान निकायले पाकिस्तान मुस्लिम लिग नवाज (पिएमएल-एन)का नेता तथा पूर्वसिनेटर चौधरी तानबिर खानलाई पक्राउ गरेको हो।

उनलाई शुक्रबार कराँचीबाट पक्राउ गरिएको सरकारी अधिकारीहरूले पुष्टि गरेका स्थानीय समाचार संस्थाले जनाएका छन्। नेता खान विमान चढेर भागेर संयुक्त अरब इमिरेट्स प्रस्थान गर्न लागेका वेला पक्राउ गरिएको अधिकारीहरूले जनाएका छन्।

उनलाई भ्रष्टाचारको आरोप लगाउँदै पक्राउ सूचीमा यसअघि नै राखिएको थियो। पक्राउ गरिएपछि अब अन्य कानुनी प्रक्रिया सुरु हुने अधिकारीहरूको भनाइ छ। रासस/एएनआई 

ad
ad