१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
तस्बिर : अभिनेत्री दिया पुनको फेसबुकबाट
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार ११:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

अभिनेत्री पुन सगरमाथातर्फ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार ११:५३:oo

अभिनेत्री दिया पुनले सर्वाेच्च शिखर सगरमाथाको आरोहण गर्ने भएकी छिन्। अभिनेत्री पुन आफ्नो निजी खर्चमा सगरमाथा आरोहणका लागि बुधबार प्रस्थान गरेकी हुन्। बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) च्यारिटी टुगेदर, कोलचेस्टर अस्पताल च्यारिटी र नेपालमा रहेको चिल्ड्रेन एन्ड युथ फर्स्टको च्यारिटीका लागि उनले सगरमाथा आरोहण गर्न लागेकी हुन्।

उनको मुख्य भूमिका रहेको पछिल्लो फिल्म ‘मन्त्र’ प्रदर्शनको तयारीमा छ। मंगलबार काठमाडौंमा एक कार्यक्रमबीच फिल्म निर्माण टिमले अभिनेत्री पुनलाई बिदाइ तथा शुभकामना दिएका थिए। अभिनेत्री पुनलाई आरोहणको लागि विश्व कीर्तिमानी आरोही निर्मल पुर्जा र मिंमा शेर्पाले साथ दिनेछन्। लिट एक्सिपिडिसन आरोहण दलमार्फत उनले  सगरमाथा चढ्न लागेकी हुन्। झन्डै तीन महिनाको आरोहण कार्य सकेर उनी मे अन्तिमतिर फर्कने कार्यक्रम रहेको छ।

अभिनेत्री पुनले यसअघि आठ हजार एक सय ६३ मिटर अग्लो मनास्लु हिमाल चढिसकेकी छिन्। उनले सुरुमा सन् २०१८ मा अर्जेन्टिनाको ६ हजार नाै सय ६१ मिटर अग्लो माउन्ट अकोनकागुवा आरोहण गरेकी थिइन्।

ad
ad