मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ फाल्गुण २६ बिहीबार ०६:२१:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

निर्माण व्यवसायी महासंघको अध्यक्षमा सिंह र पाण्डेको उम्मेदवारी घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ फाल्गुण २६ बिहीबार ०६:२१:००

नेपाल निर्माण व्यवसायी महासंघको २३औँ साधारणसभा तथा १२औँ अधिवेशन २७ फागुनदेखि सुरु हुँदै छ । प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने अधिवेशनमा करिब १२ सय प्रतिनिधि र १२ सय पर्यवेक्षकको सहभागिता रहने महासंघले जनाएको छ । अधिवेशनले तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गर्नेछ ।

वर्तमान अध्यक्ष रवि सिंह र वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेबीच नयाँ नेतृत्वका लागि प्रतिस्पर्धा हुने भएको छ । अहिलेसम्म यी दुईबाहेक अन्यले उम्मेदवारी घोषणा गरेका छैनन् । सिंहले नीतिगत सुधारलाई पूर्णता दिन उम्मेदवारी दिने तयारीमा रहेको बताए । 

त्यस्तै, अर्का प्रत्यासी निकोलस पाण्डेले राजनीतिक पार्टीमा समेत अहिले नयाँ पुस्ता आएकाले निर्माण क्षेत्रको नेतृत्वमा पनि नयाँ पुस्ता आउनु स्वाभाविक हुने बताए । महासंघको ५९ सदस्यीय कार्यसमितिमध्ये अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, एसोसिएटसहित आठ उपाध्यक्ष, महासचिव (१) उपमहासचिव (२), कोषाध्यक्ष,सहकोषाध्यक्षसहित ४६ पदमा निर्वाचन हुने महासंघले जनाएको छ । 

अधिवेशनले तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गर्नेछ । साधारणसभामा सार्वजनिक खरिद नियमावलीको ११औँ संशोधन र व्यवसायीहरूका अन्य मागहरु छलफल भई काठमाडौँ घोषणापत्र जारी गर्ने कार्यक्रम छ ।