१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७८ फाल्गुण २० शुक्रबार ०८:०९:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

झापा गोल्डकपको तयारी पूरा

Read Time : > 1 मिनेट
२०७८ फाल्गुण २० शुक्रबार ०८:०९:००

आगामी शनिबारदेखि सुरु हुन लागेको पाँचाैँ संस्करणको झापा गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको छ । झापा गोल्डकप आयोजक समितिले बिहीबार पत्रकार सम्मलेलन आयोजना गर्दै गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । 

मोफसलकै प्रतिष्ठित झापा गोल्डकप बिर्तामोडस्थित डोमलाल राजवंशी रंगशालामा हुनेछ । गोल्डकपका लागि रंगशालामा १२ हजार अट्ने प्यारापिट निर्माण, खेलमैदान सम्याउनेलगायतका काम सकिएको छ । चार वर्षसम्म लगातार भएको ०७६ र ०७७ मा कोरोना महामारीले हुन नसकेको यो गोल्डकपका लागि एक करोड ४० लाख खर्च लाग्ने आयोजकको अनुमान रहेको झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले बताए । झापा गोल्डकपलाई नेपाल आइस बियरले मुख्य प्रायोजन गरेको छ । 

गोल्डकप गरेर बाँकी रहेको रकमले खेलाडी उत्पादनका लागि एकेडेमी स्थापना गर्ने योजना रहेको उनले बताए । ‘गोल्डकप सञ्चालन गरेर रहेको पैसाले हामी गोल्डकपमा राख्दैनौँ । हामी एकेडेमी स्थापना गरेर नयाँ खेलाडी उत्पादन गर्छौँ,’ उनले भने, ‘गोल्डकपको मुख्य उद्देश्य खेलाडी उत्पादन गर्नु पनि हो ।’ उनले यो गोल्डकप बिर्तामोडको मात्र नभई झापाकै भएको दाबी गरे । 

प्रतियोगितामा घरेलु टोली झापा–११ सहित आठवटा ए डिभिजन क्लब र दुई विदेशी टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, थ्री स्टर क्लब, संकटा क्बल, घरेलु टोली झापा–११ फुटबल क्बल, एपिएफ फुटबल क्बल, जावलाखेल युथ क्लब र सातदोबाटो युथ क्लबको सहभागिता रहनेछ ।

पाँचौँ संस्करणको झापा गोल्डकप २१ देखि ३० फागुनसम्म हुनेछ । गोल्डकपको विजेताले विजेताले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख पाँच हजार रुपैयाँ नगद प्राप्त गर्ने अध्यक्ष बस्नेतले जानकारी दिए । प्रतियोगिताको ‘मस्ट भ्यालुएबल प्लेयर’ले एक थान मोटर साइकल पाउनेछ । यस्तै, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई नगर २१ हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वाधिक गोलकर्ताले नगद २५ हजार पाउनेछन् । प्रत्येक खेलको म्यान अफ दि म्याचलाई नगद ९ हजार ९९९ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।