१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण १८ बुधबार
  • Monday, 30 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण १८ बुधबार १९:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एसएस फाउन्डेसनद्वारा दोलखाका ८ वटा विद्यालयलाई २१ सय झोला प्रदान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण १८ बुधबार १९:१८:oo

एसएस फाउन्डेसन दोलखाले आठवटा विद्यालयलाई २१ सयवटा स्कुलझोला आज हस्तान्तरण गरेको छ। दोलखा जिल्लाको विभिन्न स्थानमा अवस्थित विद्यालयलाई फाउन्डेसनले झोला सहयोग गरेको हो। 

राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपतिशमशेर जबराले बुधबार दोलखाको राप्रपाका क्षेत्रीय अध्यक्ष कुमार कार्कीलाई झोला हस्तान्तरण गरे। राणाले एसएस फाउन्डेसनले सहयोग गर्दै आएको र आगामी दिनहरूमा पनि स्कुलले बालबालिकाको लागि आपतविपतमा साथ दिँदै जाओस् भन्दै एसएस फाउन्डेसनलाई धन्यवाद दिए। 

अध्यक्ष मदनदास श्रेष्ठको अगुवाइमा देशका विभिन्न स्थानमा सहयोग उपलब्ध हुँदै आएको छ। फाउन्डेसनले कोरोना भाइरसको पहिलो र दोस्रो लहरमा देशका विभिन्न स्थानमा स्वास्थ्य सामग्री सहयोग गरेको थियो। फाउन्डेसनका अध्यक्ष श्रेष्ठले आगामी दिनमा पनि पनि देशभर एसएस फाउन्डेसनले आपतविपतको वेला सहयोग गर्ने बताए। 

यसअघि एसएस फाउन्डेसनले डोटीको के. आई. सिंह गाउँपालिका– ४ मा अवस्थित झिमे मालिका विद्यालयलाई पनि आठ सय झोला वितरण गरेको थियो।