१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १३:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

जबरामाथिको महाभियोग प्रस्तावविरुद्ध रिट दर्ता, संवैधानिक इजलासमा सुनुवाइ हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १३:१८:oo

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावविरुद्ध रिट दर्ता भएको छ। सर्वोच्चका अनुसार अधिवक्ताद्वय दीपकविक्रम मिश्र र पुण्यप्रसाद खतिवडाले बुधबार महाभियोगको प्रस्तावविरुद्ध रिट दायर गरेका हुन्।

सर्वोच्चका प्रवक्ता विमल पौडेलका अनुसार संवैधानिक इजलासमा सुनुवाइ हुने गरी रिट दर्ता भएको हो। ‘महाभियोगविरुद्ध अधिवक्ता दीपकविक्रम मिश्र र पुण्यप्रसाद खतिवडाले दायर गरेको रिट दर्ता भएको छ,’ उनले नयाँ पत्रिकासँग भने, ‘रिटमाथि संवैधानिक व्याख्याको आवश्यकता रहेकाले संवैधानिक इजलासमा सुनुवाइ हुने गरी दर्ता गरिएको हो।’

रिटमा महाभियोग यथास्थितिमा राख्न र प्रधानन्यायाधीशलाई कामकाज गर्न दिने गरी आदेश माग गरिएको छ।

ad
ad