१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार o८:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बेंसीसहर नगरपालिकाद्वारा लमजुङ प्रहरीलाई ड्रोन क्यामेरा र ल्यापटप सहयोग 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o८:२१:oo

लमजुङको बेंसीसहर नगरपालिकाले जिल्ला प्रहरी कार्यालय लमजुङलाई ड्रोन क्यामेरा र ल्यापटप सहयोग गरेको छ।  बेंसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले नगरपालिकाले अपराध अनुसन्धानका लागि सहयोग होस् भन्ने उद्देश्यले प्रहरीलाई ड्रोन क्यामेरा र ल्यापटप सहयोग गरेको बताए ।

नगरपालिकाका प्रमुख अर्यालले समाजमा शान्तिसुरक्षा कायम गर्न ड्रोन र कार्यालयको कामकाज सहज बनाउन ल्यापटपले सहयोग पुराउने बताए। बेंसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायव उपरीक्षक कृष्णबहादुर कार्कीलाई मंगलबार ड्रोन क्यामरा र ल्यापटप हस्तान्तरण गरेका हुन् ।

ड्रोन क्यामेरा ६० हजार एक सय ७६ रुपैयाँ ९९ पैसा र ल्यापटप ५५ हजार तीन सय १० रुपैयाँमा खरिद गरी प्रदान गरिएको नगरप्रमुख अर्यालको भनाइ छ। प्रहरी कार्यालयलाई १४ इन्चको डेल आई थ्री ल्यापटप र ड्रोन क्यामेरा प्रदान गरिएको नगरप्रमुख  अर्यालले बताए ।
 

ad
ad