१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण ९ सोमबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण ९ सोमबार १२:४८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बारको निर्वाचन कार्यतालिका सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण ९ सोमबार १२:४८:oo

कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ। बारको निर्वाचन समितिले सोमबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो। 

बारको निर्वाचन चैत १९ मा हुँदै छ। अध्यक्ष चण्डेश्वर श्रेष्ठ नेतृत्वको कार्यसमितिको तीनवर्षे पदावधि सकिन लागेसँगै बारले २५ सदस्यीय नयाँ कार्यसमितिका लागि निर्वाचन गर्न लागेको हो। 

बार कार्यसमितिमा अध्यक्ष, प्रदेशको प्रतिनिधित्व हुने गरी सात उपाध्यक्ष, एक महिला उपाध्यक्ष, एक महासचिव, कोषाध्यक्ष र १४ सदस्य  रहने व्यवस्था रहेको छ। अध्यक्ष श्रेष्ठका अनुसार बार निर्वाचनमा देशभरका ९० बार इकाइबाट करिब ११ हजार सदस्य मतदानमा सहभागी हुनेछन्।