१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
गणेश लम्साल विराटनगर
२o८१ बैशाख १८ मंगलबार १o:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

आमाको हत्या आरोपमा छोरा पक्राउ  

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १o:५४:oo

आमाको हत्या आरोपमा  मोरङकोे उर्लाबारीमा एकजना पक्राउ परेका छन् । उर्लाबारी  नगरपालिका– ४ आइतबारेका ३५ वर्षीय गंगाप्रसाद भण्डारी आफ्नी आमा  ७० वर्षीया  चन्द्रमाया भण्डारीको हत्या आरोपमा पक्राउ परेका हुन् । 

इलाका प्रहरी उर्लाबारीका इन्स्पेक्टर राजाराम खड्काका अनुसार मादक पदार्थ सेवन गरिरहने छोरा गंगाप्रसादले   आइतबार अपराह्न साढे चार बजेतिर  वृद्धा आमालाई काठको  चिर्पट प्रहार गरेर घाइते बनाएका थिए ।

उनको आइतबार राति साढे १० बजेतिर मंगलबारेस्थित  मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको थियो । प्रहरीले आमाको हत्या आरोपमा छोरा गंगाप्रसादलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । घटनाको कारण अत्यधिक मादक पदार्थ सेवनले निम्त्याएको मानसिक विक्षिप्तता हुन सक्ने प्रहरीको प्रारम्भिक भनाइ छ ।   
 

ad
ad