१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १७:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

प्रेस चौतारी स्थापना दिवसमा १२ जना पत्रकार सम्मानको घोषणा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १७:o५:oo

प्रेस चौतारी नेपालले २४औँ स्थापना दिवसमा १२ जना पत्रकारलाई पुरस्कृत गर्ने घोषणा गरेको छ। स्थापना दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा चौतारीले संगठनको आगामी महाधिवेशनमा अग्रजहरूको नाममा स्थापित पुरस्कार १२ जना पत्रकारलाई प्रदान गर्ने घोषणा गरेको हो।

हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कार–२०७७ संगठनका पूर्वअध्यक्ष राजेन्द्र अर्याल र २०७८ बाट पूर्वअध्यक्ष गगन विष्टलाई सम्मान गर्ने घोषणा गरिएको छ। त्यस्तै, अग्निशिखा पत्रकारिता पुरस्कार २०७७– कृष्णविनोद लम्साल र ०७८ वाम राजनीतिक विश्लेषक तथा पत्रकार झलक सुवेदीलाई प्रदान गर्ने घोषणा गरिएको छ।
 
अघिल्लो वर्ष र यस वर्षको पुरस्कारहरू क्रमश : डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कारबाट क्रमश : सागर पण्डित र हिरा परियार, वीरेन्द्र साह क्रियाशील पत्रकारिता पुरस्कार केपी गौतम र अनुप तिवारी, चन्द्र न्यौपाने–शान्तिराम कार्की पत्रकारिता पुरस्कार शान्ति गुरुङलाई प्रदान गर्ने घोषणा गरिएको छ। त्यस्तै, पदमलक्ष्मी–सावित्री स्मृति पत्रकारिता पुरस्कार पत्रकार अब्दुलाह मियाँ र शिवराज भट्टलाई प्रदान गर्ने निर्णय भएको चौतारीका अध्यक्ष गणेश बस्नेतले जानकारी दिए।

स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजाल, नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष डा. महेन्द्र विष्ट, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतलगायतले शुभकामना मन्तव्य राखेका थिए।

ad
ad