मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ माघ १६ आइतबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ १६ आइतबार १३:५o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

श्रम मन्त्रालयमा कल सेन्टर स्थापना, वैदेशिक रोजगारका समस्या तत्काल सम्बोधन गर्ने लक्ष्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ १६ आइतबार १३:५o:oo

सरकारले वैदेशिक रोजगारका समस्या तत्काल सम्बोधन हुने गरी ‘कल सेन्टर’ स्थापना गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आइतबार सिंहदरबारस्थित मन्त्रालय प्रांगणमा सेवाग्राहीको गुनासो सुनुवाइ गर्दै कल सेन्टरको शुभारम्भ गरेका हुन्।

नेपाल वैदेशिक रोजगार बोर्डको कार्यालयमा भएको कल सेन्टरले प्रभावकारी ढंगले काम गर्न नसकेको पाइएपछि मन्त्रालय आफैँले सो कल सेन्टर स्थापना गर्नुपरेको मन्त्री श्रेष्ठले बताए। उनले कल सेन्टरमा गुनासो आउनेबित्तिकै तत्काल सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन्।

कल सेन्टरमा सेवाग्राहीहरूको गुनासो तत्काल सुनुवाइ गर्नका लागि ११४१ वा १६६००१५०००५ निःशुल्क टेलिफोन तथा callcenter@feb.gov.np इमेलको पनि व्यवस्था गरिएको छ।