१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o८:४५:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

रुपन्देही क्रिकेट संघले  क्रिकेट एकेडेमी सञ्चालन गर्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:४५:oo

आर्थिक अवस्था कमजोर भएका र महिलालाई नि:शुल्क प्रशिक्षण

रुपन्देही क्रिकेट संघले महिला र आर्थिक अवस्था कमजोर भएर क्रिकेट खेल्न वञ्चित भएकाहरूलाई निःशुल्क प्रशिक्षण दिने गरी क्रिकेट एकेडेमी सञ्चालन गर्ने भएको छ । संघले भैरहवामा शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा विपन्न र महिलालाई लक्षित गरी एकेडेमी सञ्चालन गर्न लागेको जनाएको हो । 

सो क्रममा रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापाले जिल्लामा क्रिकेट खेलाडी उत्पादन गर्ने उद्देश्यसहित आफ्नै एकेडेमी सञ्चालन गर्न लागेको जानकारी दिए । संघको पहिलो बैठकले आर्थिक अवस्था कमजोर भएका र महिला क्रिकेट खेलाडी उत्पादन गर्ने उद्देश्यसहित रुपन्देही क्रिकेट एकेडेमी सञ्चालन गर्ने निर्णय गरेको हो । 

रुपन्देहीको भैरहवा, बुटवल, मणिग्रामलगायत क्षेत्रमा क्रिकेट एकेडेमी सञ्चालनमा रहे पनि अब रुपन्देही क्रिकेट संघले पनि प्रदेश सरकारको सहयोगमा आफ्नै एकेडेमी सञ्चालन गर्ने क्रिकेट संघका सचिव सञ्जय गुरुङले बताए । ‘पैसा तिर्न सक्नेसँग न्यून शुल्क लिनेछौँ, नसक्नेका लागि अवस्था हेरी निःशुल्क प्रशिक्षण दिनेछौँ ।’ महिलाको हकमा भने पूर्ण रूपमा नि:शुल्क रहनेछ । 

सिद्धार्थ रंगशालामा खेलमैदान उपलब्ध रहे पनि प्रशिक्षण अभाव थियो । अब मैदानकै छेउमा प्रशिक्षणको व्यवस्था गरिने सचिव गुरुङले बताए । प्रशिक्षकका लागि क्रिकेटर वसन्त शाहीको नेतृत्वमा समिति गठन भएको छ । यसैगरी, संघले २७ माघदेखि जेबी स्पोर्टस् प्रेसिडेन्ट कपको आयोजना गर्न लागेको छ । प्रतियोगितामा सेतो ड्रेसमा रातो बल खेलाइनेछ ।

यस्तै, संघले ७ फागुनदेखि करिब एक महिनासम्म रुपन्देही सुपर लिगको पनि आयोजना गर्ने भएको छ । प्रतियोगितामा बी डिभिजनका चार टिमलाई प्रतिस्पर्धाका आधारमा ए डिभिजनमा लैजाने र ए डिभिजनका पहिलेका आठसहित १२ टिमले लिग म्याच खेल्नेछन् । 

लिगको अन्त्यमा पुछारमा रहेका ए डिभिजनका चार टिमलाई बी डिभिजनमा घटुवा गरिनेछ । ५० ओभरको म्याच हुने यो लिग नेपालकै उत्कृष्ट प्रतियोगितामध्ये एक हुने संघको दाबी छ । संघका नवनिर्वाचित अध्यक्ष हरि थापाले क्रिकेट विकासका लागि सबैको सहकार्य आवश्यक रहेको बताए । 

ad
ad