१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ४ शुक्रबार o९:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

जनपरिचालन तथा सामाजिक अभियान सञ्चालन गर्दै नेसपा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o९:१५:oo

डा. बाबुराम भट्टराई नेतृत्वको नेसपाले जनपरिचालन तथा सामाजिक अभियान सञ्चालन गर्ने भएको छ । राजधानीमा बुधबार आयोजित कार्यक्रममा भट्टराईले अभियान घोषणा गरेका हुन् । जनपरिचालन तथा सामाजिक अभियान विभागको नेतृत्वमा दबाबमूलक अभियान सञ्चालन हुने नेसपाले जनाएको छ ।

नेसपाले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र मुख्यमन्त्रीको मुद्दा अघि सारेको छ । नेसपाले ‘म चुन्छु मेरो राष्ट्रपति’ र ‘म चुन्छु मेरो मुख्यमन्त्री’ प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय र मुख्यमन्त्रीय शासकीय व्यवस्थाको पक्षमा देशव्यापी अभियान’ सञ्चालन गर्ने भएको छ ।

यस्तै, ‘अन्त्य गरौँ भ्रष्टाचार, बनाउँ समृद्धिको आधार’ भन्ने नाराका साथ शक्तिशाली जनलोकपाल गठनका लागि जनदबाब अभियान पनि सञ्चालन गरिने भएको छ । ‘पहिचान तथा समावेशी पहुँच अभियान’अन्तर्गत अपूर्ण संघीयतालाई पूर्णता प्रदान गर्न संघीयताको पुनर्सीमांकन र नामांकन, राज्यको हरेक निकाय र तहमा सबै राष्ट्रियता, क्षेत्रीयता, भाषिक, लैंगिक, धार्मिक तथा अल्पसंख्यक समुदायको समावेशी समानुपातिक पहुँचका लागि अभियान सञ्चालन गर्ने नेसपाले जनाएको छ ।

आफ्नै खेतबारीमा भविष्य खोज्ने, स्वदेशी उद्योग प्रवद्र्धनदेखि मजदुरको हकहित स्थपित गर्नेसम्मका विषय अभियानमा समेटिएको छ । ‘कति बस्छौ युरोप र खाडीमा, भविष्य खोजौँ आफ्नै खेतबारीमा’ नारासहित देश फर्क अभियान सञ्चालन गर्ने नेसपाले जनाएको छ ।

युवाहरूलाई न्यूनतम रोजगारी दिनुपर्ने अन्यथा शैक्षिक र व्यावसायिक सीपको प्रमाणपत्रका आधारमा प्रविधि सहयोगसँगै पाँच प्रतिशतभन्दा न्यून ब्याजदरमा कर्जा प्रदान गराउने अभियान पनि सञ्चालन गर्ने भएको छ । विदेशबाटै मतदान गर्न पाउनुपर्नेमा समेत नेसपाले जोड दिएको छ ।

ad
ad