मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ माघ १० सोमबार
  • Thursday, 10 July, 2025
२o७८ माघ १० सोमबार १३:४७:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

आफ्ना कर्मचारीलाई युक्रेन छोड्न अमेरिकाको आदेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ माघ १० सोमबार १३:४७:oo

अमेरिकाले युक्रेनको दूतावासमा रहेका आफ्ना कर्मचारीलाई युक्रेन छोड्न आदेश दिएको छ। अमेरिकाको विदेश मन्त्रालयले आइतबार किभको दूतावासमा रहेका आफ्ना कर्मचारी र उनीहरूका परिवारलाई युक्रेन छोडी स्वदेश फर्किन आदेश दिएको हो।

पछिल्ला केही हप्तामा रुस र युक्रेनबीच तनाव बढिरहेका वेला अमेरिकी सरकारले युक्रेन छाड्न आफ्ना नागरिकलाई निर्देशन दिएको विभिन्न समाचारमाध्यमले जनाएका छन्। राजधानी किभस्थित दूतावासमा कार्यरत कर्मचारी, तिनका परिवारका सदस्य र अत्यावश्यक काम नभएका अन्य कर्मचारीलाई पनि अमेरिकी विदेश मन्त्रालयले युक्रेन छाड्न भनेको छ।

सो दूतावासमा रहेका मात्र नभएर युक्रेनमा रहेका आफ्ना सबै नागरिकलाई पनि सम्भव भएसम्म युक्रेन छाड्ने विषयमा विचार गर्न अमेरिकाले अनुरोध गरेको छ। अमेरिकी गुप्तचर रिपोर्टमा रुसले युक्रेनमा आक्रमण गर्ने योजना बनाएको पाइएको बताइएको छ। त्यसैले पनि अमेरिकाले आफ्ना नागरिकलाई उक्त आदेश जारी गरेको बताइएको छ।

उता, रुसले भने अमेरिकी आरोपको खण्डन गर्दै युक्रेनमा आक्रमण गर्ने योजना नरहेको स्पष्ट पारेको छ। उद्यपि, रुसले अघिल्लो महिनादेखि नै युक्रेनसँग जोडिएको सीमा क्षेत्रमा करिब एक लाख सैनिक तैनाथ गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले उल्लेख गरेका छन्। रासस/सिन्ह्वा