मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रमेश रावल सुर्खेत
२०७८ पौष ३० शुक्रबार १५:०४:००
Read Time : < 1 मिनेट
समाचार

कालिकोटमा कोरोना संक्रमण बढ्दै 

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
२०७८ पौष ३० शुक्रबार १५:०४:००

कालिकोट जिल्लामा कोभिड– १९ को संक्रमणदर बढ्दो क्रममा रहेको छ । राजनीतिक दलका भेला–सम्मेलन नरोकिएका कारण जिल्लामा कोभिड– १९ को संक्रमण बढेको हो । जिल्लामा शुक्रबार बिहान ११ जनामा एन्टिजेन विधिबाट परीक्षण गर्दा सातजनामा कोभिड– १९ को संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय कालिकोटले जनाएको छ । कोभिड– १९ को संक्रमण देखिएको सबैजना राजनीतिक दलको कुनै न कुनै कार्यक्रममा सहभागी रहेको पाइएको जिल्ला स्वास्थ्य कार्यालय कालिकोटले जनाएको छ । 

जिल्लामा कोभिड– १९ संक्रमण तीव्र रूपमा बढेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख कटकबहादुर महतले जानकारी दिए । ‘पछिल्लो चरणमा कोभिड–१९ बाट संक्रमितमध्ये ६ जना महिला र सातजना पुरुष रहनुभएको छ,’ उनले भने, ‘विगतको तुलनामा तेस्रो चरणको कोभिड– १९ लहरले भयावह रूप लिएको छ ।’

कोभिड– १९ का संक्रमितहरू विभिन्न होम आइसोलेसनमा रहेको निमित्त प्रमुख महतले जानकारी दिए । 

जिल्लामा हालसम्म कोभिड– १९ विरुद्ध पहिलो मात्राको खोप लगाउनेको संख्या ८१ हजार एक सय ८१ जना रहेको र ४६ हजार तीन सय १३ जनाले दोस्रो डोज लगाएका जिल्ला स्वास्थ्य कार्यालय कालिकोटले जनाएको छ । 

हालसम्म कालिकोटमा कुल जनसंख्याको ५० प्रतिशतले पहिलो मात्रा र २८ प्रतिशतले दोस्रो मात्रा तथा १२ वर्षमाथिको लक्षित जनसंख्यामा ६५ प्रतिशतले पहिलो र ३७ प्रतिशतले दोस्रो डोज लगाएका स्वास्थ्य कार्यलय कालिकोटले जनाएको छ ।