१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
एजेन्सी
२o८१ बैशाख २२ शनिबार १८:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

काजकिस्तानमा सरकारविरुद्ध भएको प्रदर्शनमा कम्तीमा १६० को मृत्यु, पाँच हजारभन्दा बढी पक्राउ

Read Time : < 1 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १८:४९:oo

काजकिस्तानमा सरकारविरुद्ध भएको प्रदर्शनमा कम्तीमा पनि १६० जनाको मृत्यु भएको छ भने पाँच हजारभन्दा बढीलाई प्रहरीले पक्राउ गरेको बताइएको छ । 

प्रदर्शनमा भएको हिंसाका कारण १९८ मिलियन डलरबराबरको क्षति भएको काजकिस्तानको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १०० भन्दा बढी व्यावसायिक भवन तथा बैंकहरूमा आक्रमण हुनुका साथै  ४०० भन्दा बढी सवारीसाधन ध्वस्त भएका छन् । 

गत जनवरी २ देखि काजकिस्तानमा सरकारविरोधी प्रदर्शन भइरहेको छ । सरकारले पेट्रोलियम पदार्थको मूल्य निर्धारण गर्ने जिम्मा निजी क्षेत्रलाई दिने निर्णय गरेपछि पेट्रोलियम पदार्थको मूल्यमा दुई गुणा वृद्धि भएपछि काजकिस्तानमा आन्दोलन सुरु भएको थियो । काजकिस्तानको पश्चिममा रहेको जनाओजेन सहरबाट सुरु भएको प्रदर्शन हालसम्म देशैभरि फैलिएको छ । 

राष्ट्रपति कासिम जोमार्त तोकाएभले प्रदर्शनकारीहरूलाई ‘आतंकवादीहरू’ भन्दै मन्त्रिपरिषद् भंग गरेर १५ दिनका लागि संकटकाल घोषणा गरेका थिए । उनले सुरक्षाका लागि रसियासमर्थित ‘सामूहिक सुरक्षा सन्धि संगठन’ (सिएसटिओ)समक्ष सहयोग मागेपछि जनवरी ६ मा रसियाको नेतृत्वमा सिएसटिओका सेना काजकिस्तान पुगेको थियो । 

जनवरी ७ मा राष्ट्रपति तोकाएभले विना कुनै चेतवानी प्रदर्शनकारीमाथि गोली चलाउन सुरक्षा निकायहरूलाई आदेश दिएका थिए । राष्ट्रपति तोकाएभले पूर्वराष्ट्रपति नुरसुल्तान नाजाबोएभलाई सुरक्षा परिषद् प्रमुखबाट हटाएका छन् । काजकिस्तानका  पूर्वगुप्तचर प्रमुख तथा दुई कार्यकाल प्रधानमन्त्री भएका करिम मासिमोभलाई राज्यद्रोहको आरोपमा प्रहरीले ८ जनवरीमा पक्राउ गरेको छ । 

ad
ad