१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २५ मंगलबार o८:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

रमेश खरेलको पार्टी आयोगमा दर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार o८:२३:oo

नेपाल सुशासन पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक (डिआइजी) रमेश खरेलको नेतृत्वमा गठन भएको सुशासन पार्टी आयोगमा दर्ता भएको हो ।

खरेलले बिहीबार विज्ञप्ति जारी गर्दै बुधबार आयोगबाट पार्टीको प्रमाणपत्र पाएको र छिटै सिद्धान्त, विचार र उद्देश्यहरू सार्वजनिक गर्ने जनाए । सुशासन पार्टीका ४७ केन्द्रीय सदस्यले सनाखत गरेका छन् ।

अध्यक्षमा खरेल छन् भने उपाध्यक्षमा राजकुमार यादव, चन्द्रवीर नेम्वाङ, गोविन्दप्रसाद रिजाल, शंकरलाल श्रेष्ठ र टुलराज बस्याल छन् । महासचिवमा गोविन्द गिरी छन् ।

सचिवहरूमा यज्ञप्रसाद बस्याल, राजन चौलागाईं, विनयकुमार झा, अरुण शर्मा र पुष्पा खरेल भट्ट छन् । कोषाध्यक्ष भक्तबहादुर श्रेष्ठ र सहकोषाध्यक्ष मीनकुमार श्रेष्ठ रहेको खरेलले विज्ञप्तिमा उल्लेख गरेका छन् । 

ad
ad