१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
२o८१ जेठ ६ आइतबार o७:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

ललितपुर आगलागी : घाइते दुई बालिकाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार o७:३९:oo

ललितपुर महानगरपालिका–१७, ग्वार्कोस्थित एक टहरोमा आइतबार साँझ भएको आगलागीमा परी घाइते भएकामध्ये दुई बालिकाको सोमबार मृत्यु भएको छ । आगलागी हुँदा एकै परिवारका पाँचजना घाइते भएका थिए । 

घाइतेमध्ये आठ वर्षीया प्रिया गिरी र तीन वर्षीया एलिसा गिरीको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनीहरूको उपचारका क्रममा किस्ट अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य दुईजनाको अवस्था गम्भीर रहेको र उनीहरूको उपचार भइरहेको छ । एकजनाको अवस्था खतरामुक्त रहेको प्रहरीको भनाइ छ । 

प्रवक्ता सुवेदीका अनुसार घरमालिक ३५ वर्षीय सञ्जय गिरीको भेन्टिलेटरमा र उनकी श्रीमती ३२ वर्षीया रूपा गिरीको आइसियूमा राखेर उपचार भइरहेको छ । अर्का घाइते नीत गिरीको अवस्था सामान्य छ । गिरीलाई साधारण वार्डमा सारिएको छ । 

ad
ad