Skip This
भारतमा तेस्रो चरणको निर्वाचन आज 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १५ मंगलबार
  • Tuesday, 28 May, 2024
२o८१ जेठ १५ मंगलबार o७:५६:oo
Read Time : > 1 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

भारतमा तेस्रो चरणको निर्वाचन आज 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १५ मंगलबार o७:५६:oo

भारतमा जारी लोकसभा निर्वाचनअन्तर्गत मंगलबार तेस्रो चरणको मतदान हुँदै छ । सात चरणको चुनावको तेस्रो चरणमा लाखौँ भारतीयले आफ्नो मताधिकार प्रयोग गर्दै छन् । मतदाताले संसद्को तल्लो सदनको ९३ सिटका लागि प्रतिस्पर्धा गर्ने एक हजार तीन सय ५१ उम्मेदवारको भाग्यको फैसला गर्नेछन् । निर्वाचन क्षेत्रहरू ११ राज्य र संघीय शासित क्षेत्रहरूमा फैलिएका छन् । मोदीको गृहराज्य गुजरातमा २५ सिटमा मतदान हुँदै छ । आफ्ना सबै विपक्षी उम्मेदवार पछि हटेपछि गुजरातको सरतमा सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) का उम्मेदवारलाई विजयी घोषित गरिएको छ ।

मंगलबारको निर्वाचनमा केही विशिष्ट व्यक्ति प्रतिस्पर्धा गरिरहेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीका दाहिने हात मानिने गृहमन्त्री अमित शाह गुजरात राज्यको गान्धीनगर सहरबाट पुनः चुनाव लडिरहेका छन् । त्यस्तै, नागरिक उड्डयन तथा इस्पातमन्त्री ज्योतिरादित्य सिन्धिया मध्य प्रदेश राज्यको गुना सहरबाट उम्मेदवार छन् । त्यसैगरी परफ्युम ब्रान्ड अजमलका मालिक बद्रुद्दिन अजमल उत्तरपूर्वी राज्य असमको धुवरीबाट प्रतिस्पर्धा गरिरहेका छन् ।

औसतभन्दा कम मतदाताको उपस्थिति, मुस्लिमविरोधी घृणायुक्त भाषण र निर्वाचन आयोगको पक्षपातको आरोपबीच विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक अभ्यास यसअघि दुई चरण (अप्रिल १९ र २६) मा सम्पन्न भइसकेको छ । निर्वाचन आयोगमा दर्ता भएका करिब ९६९ मिलियन मतदाताले ३६ राज्य र संघीय शासित क्षेत्रमा फैलिएका ५४३ संसदीय क्षेत्रमा मतदान गर्नेछन् ।

प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कंग्रेसको नेतृत्वमा रहेको भारतीय राष्ट्रिय विकास समावेशी गठबन्धन (इन्डिया) नामक २६ दलको गठबन्धनले मोदीको भाजपा नेतृत्वको सत्तारुढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) लाई पराजित गर्ने आशा राखेको छ । सर्वेक्षणले मुद्रास्फीति र बढ्दो बेरोजगारबीच मोदीको व्यक्तिगत लोकप्रियता यथावत् रहेको देखाएको छ ।

गत लोकसभा चुनावमा कंग्रेसले अहिलेको इन्डिया गठबन्धनसँग सम्बद्ध दलहरू र तत्कालीन कंग्रेस नेतृत्वको संयुक्त प्रगतिशील गठबन्धनसँग आबद्ध पार्टीले मे ७ मा तय हुने ९३ सिटमध्ये ११ सिट जितेका थिए । भाजपा र एनडिएसँग सम्बद्ध दलहरूले सन् २०१९ मा ८० सिट जितेका थिए । यस वर्ष भाजपाका मुकेश दलाल निर्विरोध निर्वाचित भएको क्षेत्रमा यसअघि पनि भाजपाले जितेको थियो । सन् २०१९ मा असममा एक स्वतन्त्र उम्मेदवार विजयी भएका थिए ।

 पहिलो र दोस्रो चरणले १९० सांसदको भाग्य तय गरिसकेको छ । पहिलो दुई चरणमा तमिलनाडु, केरला, मेघालय, मणिपुर, मिजोरम, नागाल्यान्ड, उत्तराखण्ड, राजस्थान, सिक्किम, त्रिपुरा, अन्डमान र निकोबार टापु, लक्षद्वीप र पुडुचेरीका सबै सिटका लागि मतदान सकिएको छ । 
 

ad
ad