Skip This
‘गाउँ आएको बाटो’मा बाबु–छोराको कथा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १५ मंगलबार
  • Tuesday, 28 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १५ मंगलबार o७:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

‘गाउँ आएको बाटो’मा बाबु–छोराको कथा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १५ मंगलबार o७:४३:oo

नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’को टिजर रिलिज गरिएको छ । २५ जेठबाट प्रदर्शनमा आउने चलचित्रको टिजर सोमबार काठमाडौंमा आयोजित कार्यक्रमबीच रिलिज गरिएको हो । कार्यक्रममा पत्रकार, चलचित्रकर्मी, चलचित्रपारखी तथा बुद्धिजीवीहरूको उपस्थिति थियो । टिजरमा दयाहाङ राई र पशुपति राई दम्पतीको भूमिका देखिएका छन् भने बाल कलाकार प्रसन राई (बिन्द्रे) छोराको भूमिकामा छन् । 

राई समुदायको सामाजिक पृष्ठभूमिमा बनेको चलचित्रले गाउँमा मोटरबाटो आएपछि बाबु–छोराको सम्बन्धमा आउने उतारचढावलाई चित्रण गर्छ । निर्देशक सुब्बाले चलचित्र किराँत राई समुदायमा आधारित भए पनि बुबाले छोरालाई हुर्काउन गर्ने संघर्षको कथा रहेको बताए । ‘नेपाली समाजमा सन्तान हुर्काउन बाबुले गरिरहेको संघर्ष यस चलचित्रमा देख्न सकिन्छ । बुबाले बच्चालाई हुर्काउन संघर्ष गर्दै गर्दा गाउँमा मोटरबाटो आउँछ । त्यो सडकले धेरै चिज लिएर आउँछ, दिएर जान्छ । यसलाई अझ बुझ्नलाई २५ जेठसम्म कुर्नुपर्छ,’ उनले भने । 

निर्माता राईले चलचित्रलाई सामुदायिक लगानीको अवधारणामार्फत निर्माण गरिएको बताए । ‘गाउँ आएको बाटो’ क्यानडाको ‘टोरोन्टो’, दक्षिण कोरियाको ‘बुसान’, ब्राजिलको ‘साउ पाउलो’, भारतको ‘मुम्बई’ स्विडेनको ‘गोटेबर्ग’, चीनको ‘बेइजिङ’लगायत महोत्सवमा प्रदर्शन भइसकेको छ । चलचित्रको छायांकन अमेरिकी छायाकार जोस हेरम र सम्पादन ताइवानका क्वान पुन लुङले गरेका हुन् । 

चलचित्रको गीतमा हङकङकी हाइडी लीको संगीत र राजेशपायल राईको आवाज रहेको छ । नवीन सुब्बा र महेश राईले मिलेर लेखेको चलचित्रमा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमिन्त्रा राई, राज थापा, प्रेम सुब्बालगायतको अभिनय छ । चलचित्र भोजपुरको आमचोक, भोजपुर बजार, संखुवासभाको खाँदबारी र सुनसरीको धरानमा छायांकन गरिएको हो ।

ad
ad