मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ पौष २० मंगलबार
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ पौष २० मंगलबार १६:५७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उखु किसानको बक्यौता भुक्तान नगरे अनशन बस्ने सत्तारुढ दलका सांसद मोदीको चेतावनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ पौष २० मंगलबार १६:५७:oo

सत्तासाझेदार माओवादी केन्द्रका सांसद अमनलाल मोदीले सरकारले तत्काल उखु किसानको बक्यौता रकम भुक्तानी नगरे माइतीघर मण्डलामा आमरण अनशन बस्ने चेतावनी दिएका छन्। मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा सत्तासाझेदार दलका सांसदले अनशन बस्ने चेतावनी दिएका हुन्।

सांसद मोदीले उखु किसानले पटकपटक आन्दोलन गर्दा पनि सरकारले उनीहरूलाई भुक्तानी नदिएको भन्दै अब आफैँ आमरण अनशनमा बसेर भुक्तानी दिलाइछाड्ने अठोट व्यक्त गरे। उनले उखु किसानको भुक्तानी दिलाउने गरी आवश्यक मोडल बनाउन सरकारलाई कुनै समस्या नरहेको दाबीसमेत गरे।

‘अब मजदुरहरू, किसानहरूको बारेमा राज्यले सुन्दैन भने, संसद् त चलेन, संसद् चलेको छैन, अवरोध छ। अब किसानले आन्दोलन गर्नुपर्दैन। हामी आन्दोलन गर्छौँ, माइतीघर मण्डलामा। अनशन हामी बस्छौँ। आन्दोलन गर्छौँ । योचाहिँ घोषणा हो। यदि हामी सांसदहरू नै अनशन बस्यौँ भने म त बस्छु–बस्छु। तपाईंहरूले यो कुरा सल्टयाउनुभएन भने हामी आमरण अनशन बसेर पनि, आन्दोलन गरेर पनि तपाईंहरूलाई घुँडा टेकाउँछौँ,’ सांसद मोदीले भने।

बैठकमा नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले उखु किसानको भुक्तानी तत्काल गर्न सरकारलाई सचेत गराए। उनले कुनै पनि किसानले फेरि आन्दोलन गर्नु नपर्ने गरी सरकारले उनीहरूको समस्या समाधान गर्न ढिलाइ गर्न नहुने स्पष्ट पारे।