१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १७:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सर्वोच्चको आदेशले खेलकुद क्षेत्रमा दीर्घकालीन असर : मन्त्री गहतराज

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १७:१३:oo

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले सर्वोच्च अदालतको आदेशले खेलकुदमा दीर्घकालीन असर गरेको बताएका छन्। नेपाल ओलम्पिक कमिटी (एनओसी)को साधारणसभाको मंगलबार उद्घाटन गर्दै गहतराजले अदालतबाट अल्पकालीन आदेश आएपछि खेलकुदमा दीर्घकालीन असर गरेको बताएका हुन्।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिवको विषयमा सर्वोच्च अदालतको आदेशले खेलकुद क्षेत्र दुर्भाग्यपूर्ण अवस्थामा पुगेको उनले टिप्पणी गरे। उनले खेलकुदको अहिलेको विषय कुनै व्यक्तिसँगको नभई देशको समग्र खेल क्षेत्रको विकाससँग जोडिएकाले यस विषयलाई अदालतले अग्राधिकारमा राख्दै हेर्नुपर्ने धारणा राखे। मन्त्री गहतराजले अदालतको निर्णय जसको पक्षमा आए पनि आफूलाई स्वीकार्य रहेको बताए।

यता नेपाल ओलम्पिक कमिटीमा अध्यक्ष जीवनराम श्रेष्ठले, मैदान र खेल संघमा हुनुपर्ने खेलकुद सर्वाेच्च अदालतमा भइरहेको टिप्पणी गरे।

सरकारले राखेपका तत्कालीन सदस्यसचिव रमेशकुमार सिलवाललाई हटाएर टंकलाल घिसिङलाई नियुक्त गरेपछि सिलवाल अदालत पुगेका थिए। अदालतले दुवै पक्षलाई पुस १२ गते छलफलका लागि बोलाएको थियो। तर, १२ गते समय अभावको कारण देखाउँदै अदालतले मुद्दा हेर्दाहेर्दैमा राखेको छ।

ad
ad