मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०८० जेठ १९ शुक्रबार
  • Friday, 02 June, 2023
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष ५ सोमबार १०:५६:००
Read Time : > 1 मिनेट
अर्थ

खुकुरी रमको विशेष सांगीतिक अभियान सुरु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष ५ सोमबार १०:५६:००

खुकुरी रमले देशका विभिन्न स्थानहरूमा विशेष सांगीतिक अभियान सुरु गरेको छ । खुकुरी रमको उत्पादक द नेपाल डिस्टिलरिजले चर्चित सांगीतिक समूहसँगको सहकार्यमा स्थापित कलाकारसँगै उदाउँदा कलाकारलाई पनि प्रदर्शनको मौका दिने गरी अभियान चलाउने भएको हो । 

यो सम्भवत हालसम्मकै सबैभन्दा पृथक् र बृहत् सांगीतिक अभियान हुने कम्पनीको भनाइ छ । पछिल्लो समयमा युवापुस्तामाझ चर्चित आर्बिटरी ग्रुपसँगको सहकार्यमा खुकुरी रमले देशका विभिन्न स्थानमा नयाँ कलाकारको प्रोत्साहनका लागि प्लेटफर्म उपलब्ध गराउने उद्देश्यले विशेष सांगीतिक अभियान सञ्चालन गर्न लागेको जनाइएको छ । खुकुरी रमले देशका विभिन्न जिल्लाका रेस्टुरेन्ट, क्लब, खुला क्षेत्र, आउटडोर्स, इन्डोर्सलगायतका ठाउँहरूको छनोट गरी सांगीतिक कार्यक्रम आयोजना गर्ने तयारी गरिरहेको खुकुरी रमको उत्पादक ‘द नेपाल डिस्टिलरिज’का महाप्रबन्धक सुभाष लामिछानेले बताए । 

संगीतका नयाँ कलाकारलाई देशभरका दर्शक–श्रोतामाझ परिचय गराउने र उनीहरूलाई प्रोत्साहित गरी नेपाली गीत–संगीतको समेत प्रवद्र्धन गर्ने उद्देश्य रहेको उनको भनाइ छ । 
आफूनजिक पनि यस्ता कार्यक्रम आयोजना हुने भन्दै स्थापितसँगै नयाँ कलाकारको प्रस्तुतिमा झुम्नका लागि तयार रहन खुकुरी रमले संगीतप्रेमीलाई आह्वान गरेको छ । विशेष गरी युवामाझ परिचित र चर्चित आर्बिटरी ग्रुपसँग गीत–संगीतको प्रवद्र्धन र कलाकारको उत्थानका लागि सहकार्य गर्न पाउँदा आफूलाई खुसी लागेको लामिछानेले बताए ।

आर्बिटरीका संस्थापक विपिन नकर्मीले खुकुरी रमसँग सहकार्य गरी आर्बिटरीले पप, रक, स्लो रकलगायत गीत–संगीतका विविध विधासँग सम्बन्धित कलाकारसँग अनुबन्ध गरी तीनमहिने अभियान सुरु गरेको बताए । यो अभियानमा केही स्थापित कलाकारसँग उदाउँदा कलाकारले समेत स्टेज सेयरिङको मौका पाउने उनको भनाइ छ । 

खुकुरी रमले यसअघिका वर्षहरूमा पनि फरक अवधारणासहित ‘खुकुरी म्युजिक नेसन’ आयोजना गरेको थियो । सो मिसनलाई देशभरका संगीतप्रेमीले निकै रुचाएको कम्पनीको दाबी छ । हाल नेपालबाहेक १३ देशका बजारमा समेत उपलब्ध हुँदै आएको खुकुरी रमको प्याकेजिङ केही समयअघिदेखि स्थानीय र अन्तर्राष्ट्रिय बजारमा एकैसाथ परिवर्तन गरिएको छ ।