१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार o९:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सिराहामा छुरा प्रहारबाट एक युवकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o९:१४:oo

सिराहाको गोलबजार नगरपालिका– ६ मा दुई समूहबीच विवाद भएपछि छुरा हानाहान भएको छ । छुरा हानाहानबाट शनिबार साँझ एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा गोलबजार नगरपालिका– ६ का करिब २६ वर्षीय रामकुमार सदा रहेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।

छुरा प्रहारबाट गम्भीर घाइते सदाको उपचारको क्रममा धनगढीमाई नगरपालिका– ९ मा रहेको आरके मेडिसिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । छुरा प्रहारबाट एकजना घाइते भएका छन् । घाइते हुनेमा सोही ठाउँका १९ वर्षीय निकेश सदा रहेको र उनको आरके मेडिसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

युवा समूहबीच के कारणले विवाद उत्पन्न भयो भन्ने कारण खुल्न सकेको छैन । इलाका प्रहरी कार्यालय गोलबजार इन्चार्ज प्रहरी निरीक्षक सन्तोष राईले घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको बताएका छन् । 

ad
ad