१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका बार्सिलोना
२o८१ बैशाख २५ मंगलबार o६:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

मेसीको चारतारे होटेल भत्काउन आदेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, बार्सिलोना
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार o६:२८:oo

 गत साता कीर्तिमानी रूपमा सातौँपटक बालोन डिअर उपाधि जितेका अर्जेन्टिनी कप्तान लियोनल मेसीको स्पेनमा रहेको चारतारे होटेल मिम सिटगेस भत्काउन अदालतले आदेश दिएको छ । बार्सिलोना सहरभन्दा ४० किलोमिटर टाढा मेसीको स्वामित्वमा रहेको यो होटेल मापदण्डविपरीत बनेका कारण नै भत्काउनुपर्ने अदालतले आदेश दिएको स्पेनिस मिडियाहरूले जनाएका छन् । 

मेसीले सन् २०१७ मा तीन करोड युरोमा होटेल किनेका थिए । म्याजेस्टिक होटेल समूहसँग मिलेर होटेल खरिद गरेका थिए । यद्यपि, त्यसवेला पनि अदालतले मापदण्डविपरीत होटेल बनेका कारण भत्काउनुपर्ने अन्तरिम आदेश दिएको थियो । मेसीले होटेल खरिद गर्दा अदालतमा परेको मुद्दा र फैसलाबारे ध्यान दिएनन् । स्पेनिस मिडियाका अनुसार होटेलको बाल्कोनी निकै ठूलो छ । 

यो होटेल मेसीले सन् २०१७ मा तीन करोड युरोमा खरिद गरेका थिए । होटेल मापदण्डविपरीत रहेको भन्दै अदालतले भत्काउन आदेश दिएको हो ।

यसैगरी, चारतारे होटेलमा हुनुपर्ने मापदण्डअनुसार कोठाहरू पनि मिलेको छैन । होटेलको आगलागी नियन्त्रणको योजना पनि स्थानीय मापदण्डअनुसारको नभएको जनाइएको छ । यो होटेलमा ७७ ओटा कोठा छन् । यी प्रत्येक कोठामा बसेको एक रातको औसत एक सय पाँच पाउन्ड तिर्नुपर्छ । होटेलमा पाँचवटा जुनियर स्विट र एउटा स्विट कोठा छन् । यसैगरी, बेलायती पत्रिका द सनका अनुसार यो होटेलका अन्य संरचना तोकिएको मापदण्डअनुसार नभएको जनाएको छ । स्पेनिस अदालतले फैसला सुनाएपछि मेसीलाई होटेलको मापदण्ड गलत भएको आफूलाई खरिद गरेको वेला थाहा नभएको प्रतिक्रिया दिएका छन् । 
 

ad
ad