बैतडीमा जिप दुर्घटना, चारजनाको मृत्यु

सोमबार, २० मंसिर, २०७८
डिजिटल संस्करण

बैतडीमा सोमबार साँझ जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ६ जना घाइते भएका छन्। 

पाटन बजारबाट कैलपाल जाँदै गरेको से १ ज ८८८ नम्बरको जिप पाटन नगरपालिका– १ सकारथलीमा दुर्घटना भएको हो। दुर्घटनामा परी मृत्यु हुनेमा पाटन नगरपालिका– १ सकारका १३ वर्षीय विनोद भट्टराई, ७२ वर्षीया रमा भट्टराई, ठेगाना नखुलेका २४ वर्षीय प्रेम चुनारा र २० वर्षीया मनीषा विक रहेको इलाका प्रहरी कार्यालय पाटनका इन्चार्ज प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए। 

दुर्घटनामा पाटन नगरपालिका– १ सकारका ओमप्रकाश भट्टराई, जानकी भट्टराई, दीपक भट्टराई, मानध्वज भट्टराई, विष्णु भट्टराई र गोविन्द विक घाइते भएका छन् । जिपमा चालकसहित ११ जना रहेकाे प्रहरीले जनाएको छ।

जिप सडकबाट १०० मिटर तल खसेको थियो । चालक पाटन– ५ वसन्तरपुरका खेमराज पाण्डेय फरार छन् । कच्ची र भिरालो सडकका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ।   
–––
 

सुझावित समाचार