Skip This
अन्तर्राष्ट्रिय युवा उद्यमी महासंघ गठन
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ मङ्सिर २० सोमबार
  • Monday, 28 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o७८ मङ्सिर २० सोमबार १७:२१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अन्तर्राष्ट्रिय युवा उद्यमी महासंघ गठन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर २० सोमबार १७:२१:oo

नेपाली उत्पादन, सीप र क्षमतालाई विश्व बजारमा पहुँच अभिवृद्धि गर्ने र युवालाई रोजगारी सिर्जना गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ स्थापना गरिएको छ। विश्वका विभिन्न मुलुकमा छरिएर रहेका युवा उद्यमीलाई समेटेर स्थापना गरिएको महासंघले नेपाली उत्पादनको विदेशमा प्रदर्शनी, बजारीकरणलगायत विषयमा सहजीकरण गर्ने र बढीभन्दा बढी युवालाई स्वरोजगार बनाउने लक्ष्य लिएको छ।

उक्त संस्थाको उद्घाटन गर्दै पूर्वराष्ट्रपति डा. रामवरण यादवले विदेशी ज्ञान, सीप र प्रविधि भित्र्याएर युवा उद्यमशीलता विकासमा संस्थाले सहयोगी भूमिका खेल्ने विश्वास व्यक्त गरे। ‘जन्मभूमिलाई कसरी आर्थिक रूपमा समृद्ध बनाउने भन्ने तपाईं युवाहरूमा सपना र भिजन रहेको छ। त्यसलाई साकार बनाउन उचित वातावरण बनाउन सरोकारवालाले सहयोग गर्न जरुरी छ,’ उनले भने।

उद्घाटन कार्यक्रममा नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले कला र संस्कृति बनाउन संस्थागत लगानी आवश्यक रहेको भन्दै नेपाली चलचित्रमा आधुनिक प्रविधिको उच्चतम प्रयोगले विश्व बजारमा प्रतिस्पर्धी बनाउन चलचित्र क्षेत्र लागि परेको बताए।

यसैगरी, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश अग्रवालले विदेशी युवा उद्यमीको माध्यमबाट लगानी र प्रविधि भित्र्याएर आर्थिक विकासमा सरिक गराइनुपर्नेमा जोड दिए। यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका उपनिर्देशक गोकर्णराज अवस्थी, शिक्षा उद्यमी दिराज शर्मा, पर्यटन व्यवसायी सुमान पाण्डेलगायतले नेपालमा विदेशी लगानी भित्र्याउन महासंघले समन्वयकारी भूमिका खेल्नुपर्ने धारणा राखे।

महासंघका अध्यक्ष स्वतन्त्रप्रताप शाहले चीन, हङकङ, अमेरिका, बेलायत अष्ट्रेलियालगायत ११ मुलुकका युवा उद्यमीलाई समेटिएको र अन्य मुलुकका युवा उद्यमीलाई पनि संस्थामा आवद्धता गरिने जानकारी दिए। शाहले प्रवासको सीप र लगानी अनि नेपालको सीप र लगानीबीच महासंघले पुलको काम गरी नेपाल र नेपालीको उज्वल भविष्यको निर्लामाणका लागि लागिपर्ने बताए।

↑