Skip This
मनसुनजन्य विपतमा २७ जनाको मृत्यु
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १२ सोमबार
  • Monday, 28 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ असोज १२ सोमबार २१:४४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मनसुनजन्य विपतमा २७ जनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ असोज १२ सोमबार २१:४४:oo

अविरल वर्षासँगै आएको बाढी, पहिरो, डुबान, हावाहुरी र चट्याङका कारण देशभर २७ जनाको मृत्यु भएको छ। असोज ८ गतेयता भएका ५१३ वटा मनसुनजन्य घटनामा सातजना घाइते भएका छन् भने चारजना अझै सम्पर्कविहीन रहेको सरकारी तथ्यांकले देखाएको छ।

मनसुनजन्य विपतका कारण हालसम्म एक हजार ६५ परिवार प्रभावित भएका छन्। बाढी तथा पहिरोबाट २२५ घर पूर्ण रूपमा र १३७ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। यस्तै, २७ वटा गोठ तथा ११४ पशुचौपायामा क्षति पुगेको छ।

१४७ स्थानमा सडक अवरुद्ध
बाढी र पहिरोका कारण देशभरका विभिन्न राजमार्गका १४७ स्थानमा सडक अवरुद्ध भएका थिए। तीमध्ये १२५ स्थानमा मर्मत तथा पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याइएको छ।

पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा आएका छन्। बिपी राजमार्ग तथा कालीगण्डकी करिडोरका विभिन्न खण्डमा भने पहिरो पन्छाउने काम जारी रहेको छ। सडक सञ्चालनमा ल्याउन सम्बन्धित निकायले काम तीव्र बनाएका छन्।

एक हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन प्रभावित
बाढीका कारण ऊर्जा क्षेत्रमा समेत ठुलो क्षति पुगेको छ। हालसम्म एक हजार १३.२ मेगावाट विद्युत् उत्पादन प्रभावित भएको जनाइएको छ।

सेती–मादी र मर्स्याङ्दी करिडोरका केही आयोजना पुनः सञ्चालनमा आएका छन्। कालीगण्डकी जलविद्युत् केन्द्र सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ भने राहुघाट आयोजना मर्मत गर्न करिब १० दिन लाग्ने अनुमान गरिएको छ।

कुश्मा–दाना प्रसारणलाइनमा क्षति पुगेपछि १९० मेगावाट विद्युत् प्रसारण अवरुद्ध भएको छ। मौसमजन्य जोखिम अझै कायमै रहेकाले सरकारले नागरिकलाई सतर्क रहन आग्रह गरेको छ।

↑