१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका सुदूरपश्चिम
२०७८ मङ्सिर १४ मंगलबार ०७:३७:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सुदूरपश्चिममा  टेलिकमको ‘फाइबर टू द होम’ सेवामा सहज पहुँच     

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, सुदूरपश्चिम
२०७८ मङ्सिर १४ मंगलबार ०७:३७:००

 सुदूरपश्चिममा नेपाल टेलिकमले उपलब्ध गराउन थालेको एफटिटिएच (फाइबर टू द होम) सेवाको सहज पहुँच हुन थालेको छ । कैलालीमा छोटो अवधिमा यो सेवा ६ हजारभन्दा बढी ग्राहकले लिएका छन् । यो सेवाअन्तर्गत ग्राहकका घरमा जडान हुने फाइबरको एउटै तारबाट तीनवटा सेवा एकसाथ प्राप्त गर्न सकिन्छ ।

सुदूरपश्चिम प्रदेशका कैलालीसहितका जिल्लामा उपलब्ध भइरहेको फाइबर तारसहितको यो सेवा नयाँ रहेको बताइएको छ । टेलिकमको धनगढीस्थित कार्यालयका प्रमुख सुरतबहादुर मल्लले यो सेवा लिनेहरूले फाइबरको एकै तारबाट तीव्र गतिको इन्टरनेट सेवाका साथै टेलिभिजन च्यानल र ल्यान्डलाइन फोनको सेवा एकसाथ प्राप्त गर्न सकिने बताए । 

हाल दिइरहेको सुस्त गतिको कपर नेटवर्क (एडिएसएल इन्टरनेट) सेवालाई प्रतिस्थापन गर्ने उद्देश्यले ल्याइएको यो सेवा टेलिकमको नेटवर्क भएका क्षेत्रमा धमाधम विस्तार भइरहेको छ । यो सेवाअन्तर्गत इन्टरनेट मात्रको पनि सुविधा लिन सकिने बताइएको छ । यस्तै, इन्टरनेट र टिभी च्यानलको मात्र तथा इन्टरनेट, टिभी र ल्यान्डलाइन फोनको सेवा पनि लिन सकिन्छ ।  

आगामी माघ १ गतेसम्मका लागि एफटिटिएचका तीनवटै सेवा एकसाथ लिन चाहने ग्राहकलाई वार्षिक न्यूनतम १५ हजार नौ सय ८० रुपैयाँ शुल्क लाग्ने बताइएको छ । यस्तै, इन्टरनेट र ल्यान्डलाइन फोनका लागि मात्र वार्षिक १० हजार पाँच सय रुपैयाँ शुल्क तोकिएको छ । इन्टरनेट सेवा मात्रका लागि योभन्दा कम शुल्क तोकिएको छ । प्रमुख मल्लले भने, ‘छोटो अवधिमा यो सेवाप्रति ग्राहकको आकर्षण बढेको छ । वायरलाइन तारसहितको फोरजी सेवा भएकाले इन्टरनेट पनि तीव्र गतिमा चल्ने गर्छ ।’  रासस