ट्रकको ठक्करबाट छोरीको मृत्यु, आमा गम्भीर घाइते

बिहिबार, ९ मंसिर, २०७८
डिजिटल संस्करण

पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका– २ चालिसेमा मालबाहक ट्रकले ठक्कर दिँदा एक बालिकाको ज्यान गएको छ भने उनकी आमा गम्भीर घाइते भएकी छिन् । 

वीरगन्जबाट काठमाडौं जाँदै गरेको ना.६ख १४९७ नम्बरको सिमेन्ट बोकेको मालबाहक ट्रकले पैदल यात्री आमाछोरीलाई ठक्कर दिँदा धादिङको सिद्धलेक गाउँपालिका– १ नलाङकी ११ वर्षीया कृपा अर्यालको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायव उपरीक्षक भावेश रिमालले बताए ।

डिएसपी रिमालका अनुसार दुर्घटनामा परी घाइते बनेकी आमा मिठु अर्यालको गजुरीस्थित स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि काठमाडौं ट्रमा सेन्टर पठाइएको छ । ट्रकचालक प्रहरीको नियन्त्रणमा रहेको उनले जानकारी दिए ।  

See More On

सुझावित समाचार