मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ मङ्सिर ६ सोमबार
  • Thursday, 10 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ मङ्सिर ६ सोमबार १८:११:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गोलाप्रथाबाट पेसी तोक्ने नियमावली राजपत्रमा, प्रधानन्यायाधीशको तजबिजी अधिकार कटौती

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर ६ सोमबार १८:११:oo

गोला प्रक्रियाबाट पेसी तोक्ने नियमावली राजपत्रमा प्रकाशित भएको छ। सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक (फुलकोर्ट)को निर्णयअनुसार गोला प्रक्रियाबाट पेसी व्यवस्थापनका लागि पारित नियमावली राजपत्रमा प्रकाशित भएको हो। सर्वोच्च अदालत (दोस्रो संशोधन) नियमावली २०७८ आज राजपत्रमा प्रकाशित भएको हो। यससँगै अब सर्वोच्चमा गोलाप्रथाबाट इजलास र मुद्दा तोक्ने प्रणाली लागू गर्ने बाटो खुला भएको छ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको आन्दोलनमा उठिरहेका महत्वपूर्ण मागमध्ये यो विषय लागू भएसँगै इजलास र मुद्दा तोक्ने प्रधानन्यायाधीशको तजबिजी अधिकार कटौती हुनेछ। बिहीबार बसेको प्रधानन्यायाधीश जबराबाहेकका १८ न्यायाधीशको बैठकले ‘गोला प्रक्रियाद्वारा पेसी व्यवस्थापनसम्बन्धी कार्यविधि निर्देशिका, २०७८’ पारित गरेको थियो।

यससँगै प्रधानन्यायाधीश जबराले आफूले चाहेको न्यायाधीशलाई मुद्दा तोक्न पाउनेछैनन्। प्रधानन्यायाधीशले अधिकारको दुरुपयोग गरेर भ्रष्टाचारलाई बढावा दिएको, बिचौलियाको प्रवेश गराएको र न्यायिक अराजकता फैलाएको गम्भीर आरोपसहित इजलासभित्र न्यायाधीश र बाहिर कानुन व्यवसायीहरू आन्दोलनमा छन्। अब प्रत्येक न्यायाधीशले आफैँले गोला तानेर इजलास र मुद्दा छान्नेछन्।

यस्तो छ नियमावलीको पूर्णपाठ :